निश्चल काउचा र सिपी मगर
जिवनमरणको दोसाधमा अल्झेका दाङ हाँसिपुर ८ का नाबालक बसन्त सिंजाली मगर र रामेछाप खनियापानी ८ घर भई अहिले काठमान्डौ बसन्तपुरमा बस्ने बर्ष १६की संगिता पुलामी मगरको उपचार्थ कोरियाबाट सहयोग अभियान चलाइएको छ ।
जन्मदै केही ठूलो आकार देखिएको जिब्रो गत एक बर्षयता असामान्यरुपमा बददै जादा बोल्न र खाना खान समेत नसक्ने स्थितिमा पुगेका नाबालक वसन्तलाई कान्ति बाल अस्पताल शिक्षण अस्पतालमा उपचारको लागि लैजाँदा डाक्टरले जिब्रोमा देखिएको समस्याको कारण र उपचार विधि पत्ता लगाउन नसकेर भारत लैजान सल्लाह दिएका थिए तर बसन्तको परिवारको आर्थिक् स्थिति नाजुक भएको हुदा भारत लान सकेका छैनन भने वसन्तका बाबु छोराको उपचार खर्च जुटाउदा लागेको ऋण तिर्नको नीम्ति भारतको कालापहाड गएका छन ।
त्यस्तै १० कक्षामा पद्धदै गरेकी संगिता पुलामीमगरलाई केही अपराधीक समुहले गत आइतबार बिहान काठमाडौं बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा विहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको थियो । हाल संगिताको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार भईरहेको छ ।यी दुई बाल बालिकाको उपचार्थ सहयोग सन्कलनको लागि कोरिया देखी अभियान चलाइएको बारे कोरियाबाट राज्यसत्ता ड्ट कमका निम्ती निस्चल काउचा र सि पि मगरको रिपोर्ट
सोल – मान्छे जन्मे पछि मर्नु प्रकृतिको नियम नै हो तर कहिलेकाही मान्छेलाई नियतिले यति ठग्दो रहेछ्की बर्णन गर्ने कुनै शव्द छैन् । यस्तै नियतिबाट जिवनमरणको दोसाध दाङ हाँसिपुर ८ का बालक बसन्त सिंजाली मगर । जन्मदै केही ठूलो आकारको देखिएको जिब्रो एक बर्षयता असामान्यरुपमा बददै गएर बोल्नको त के कुरा खाना खान समेत नसक्ने स्थितिमा छन ।
उनलाई कान्ति बाल अस्पताल रशिक्षण अस्पतालमा उपचारको लागि लैजाँदा डाक्टरले जिब्रोमा देखिएको समस्याको कारण र उपचार विधि पत्ता लगाउन नसकेर भारत लैजान भने पनि बसन्त परिवारको आर्थिक् स्थिति नाजुक भएको हुदा भारत लान सकेका छैनन । छोराको उपचार खर्च जुटाउदा लागेको ऋण तिर्नको नीम्ति कालापहाड गएका छन ।
उसो त मान्छेको जिवनमा कति बेला के हुन्छ् कस्लाई थाहा हुन्छ र ? कहिलेकाही बिना कसुर नसोचेको अप्रिय घट्ना जिन्दगीमा घट्दा कस्तो नियति भोग्नु पर्छ् त यस्तै नियति भोगिरहेकी छिन् । आफ्नो भविष्य उज्जल बनाउने सपना सजाउदै गत आइतबार बिहान काठमाडौं बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा टयुसन पदन पुगेकी रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता पुलामी मगरले । विहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको थियो । उनी आउदो एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएकी थिईन । हाल संगिताको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार भईरहेको छ । एसिड पीडित संगिता परिवारको आर्थिक स्थिति सामान्य छ । उनीको बुबा प्रेम पुलामी मगर क्याटरिङमा काम गर्छन् भने आमा चमेली पुरामी मगर वसन्तपुरमै तरकारी बेच्ने काम गर्छिन ।
नेपाल सरकारले उपचार खर्च ब्यहोरीदिने भने संगिताको पदाई खर्च र उज्जल भविष्यको लागि र बसन्तको उपचारको लागी नेपाल मगर संघ गणतन्त्र कोरियाको पहलमा सहयोग संकलन गर्न भईरहेको हुदा हाम्रो सानो सहयोगले कसैको ज्यान बच्दछ भने कसैको भविष्य उज्जल हुन्छ भने दुई, चार पैसा सहयोग गरि दिन हुन् देश, बिदेशमा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई संस्थाले आग्रह गरेको छ ।
कोरियाको लागिः
खाता नम्बरः ६२० २०९१६७ ०४६
नामः Raskoti Raju
बैकः KEB
बैक कोडः ५
थप जानकारीको लागि-हिक्मत पुलामीः ०१०२७५७६३२९
नेपालको लागिः
नामः हिमा सिंजाली मगर
खाता नम्बरः ०९१९४००७५३२४८०१८
बैकः कृषि विकास बैंक
थप जानकारीको लागिः स्थानीय अगुवा लुम बहादुर कार्कीः ९८६६९३९७१०