शेर्पा संघ टोकाई जापानको लोसार कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 21 Second

दिलिप राना मगर

जापान , २३ फेब्ररेरी – जापानको आइची टोयोटा शहरमा शेर्पाहरुको महान चाड गयोल्मो लोसार विभिन्न संस्कृतिक कार्येक्रमका साथ फेब्रेरी २२ तारिखका दिन सम्पन्न भएको छ ।

 

संघका अध्यक्ष पेम्बा छिरिङ् शेर्पाको सभापतित्व र नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष मनबहादुर पुनको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा बिशेष अतिथिहरुमा संघका पूर्व अध्यक्षद्धय जिग्मे दोर्जी शेर्पा र पासांग शेर्पा रहेका थिए ।

अन्य अतिथिहरुमा नेपाल मगर संघ जापानका अध्यक्ष कौडा बुडामगर ,थकाली सेवा समितिका अध्यक्ष चन्द्र सेरचन , नेपाल तामांग समाजका प्रतिनिधि रेशम लामा , जापानी महिला समाज सेवी निशिमाकी हितोमी , सगरमाथा महिला समाज जापानका अध्यक्ष श्रीमती राधा थापा सिबाता , जनजाती संचारकर्मी श्याम रानामगर रहेका थिए ।

शेर्पा भाषाको स्वागत गीत बाट सुरुवात भएको उक्त कार्यक्रम संघका सल्लाहकार कान्छा शेर्पाको स्वागत मन्तब्य महासचिब फुरा पासांगले संचालन गरेका थिए । 

    संघका पूर्व अध्यक्ष जिग्मे शेर्पाले उपस्तिथ जापानी पाहुनाहरुलाई जापानी भाषामा लोसार को महत्व र शेर्पा जातिको परिचयका साथ सुभकामना मन्तब्य दिएका थिए । त्यस्तै प्रमुख अतिथि र अन्य अतिथिहरुले पनि सुभकामना मन्तब्य दिएका थिए । प्रमुख अतिथिको बाहुली बाट संघमा योगदान पुर्याउनुहुने अग्रजहरु र संघका कलाकारहरु र जापानी समाजसेवी निशिमाकी ज्यु लगाएतलाई  प्रसंसा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापतिले उपस्तिथ सम्पूर्णलाइ सुभकामना र धन्यबाद दिदै नेपालमा शेर्पाहरुले शान्ति पूर्ण तरिकाले लोसार मनाउदा पनि प्रहरीहरुले १,२ जनाले मदिरा सेवन गर्यो भन्दै सम्पूर्ण शेर्पाहरुलाई नै दुरव्यावहार गरेको आर्कोस पोखे । उनले थपे पशुपतिमा शिवरात्रिको बेला सारा गँजेडी र जोगीहरुले गाँजा भाँग खाएर नांगै हिड्दा कुनै कारबाही हुदैन तर , शेर्पाहरुले  आफ्नो राष्ट्रिय चाँढ मनाउदा बर्तमान एकात्मक सरकारको इशरामा प्रहरीले ज्यादति गरेर धार्मिक सद्भाव बिथोलेको र जातिय विभेद गरेकोमा कडा शब्दमा भत्सर्ना गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %