सबै दलले आपसी तिक्तता बिर्सेर संबिधान निर्माण गर : रेग्मी

Read Time:3 Minute, 10 Second

देब पचभैया

पाल्पा, फागुन १० – मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीले आपसी तिक्तता  र असमझारीलाई बिर्सेर संबिधान निर्माण गर्न दलहरुलाई आग्रह गरेका छन ।  

  

१० दिन सम्म चलेको पाल्पा महोत्सबको आईतबार समापन गर्दै रेग्मीले आफैले गरेको बाचा बिर्सेर माघ ८ मा संबिधान जारी गर्न नसकेका दलहरुले जनतालाई निरास बनाएको बताए । २०६२, ०६३ सालका  जनआन्दोलन र तत्पश्चात्का आन्दोलनकारी शक्तिहरुनै आपसमा बाझाबाझ गर्दै यो वा त्यो बहानाले सँधै अनिर्णयको चक्रव्यूहमा रहने हो भने त्यस्तो अवस्थाको लाभ लिन अन्य समूहले मौका प्राप्त गर्ने भन्दै उहाले  नयाँ ऐजेरु पलाउँन नदिन र जनताको धेर्यको बाधलाई टुट्न नदिन पनि संबिधान जारी गर्न आग्रह गरे ।

नेपाली जनता चिन्तित र निराश भावनाका साथ आफूले मतदान गरेका राजनीतिक दल र नेताहरुप्रति प्रश्नहरु तेस्र्याइरहेको भन्दै पुर्ब मन्त्री परिषदका अध्यक्ष रेग्मीले सशस्त्र द्वन्द्व र जनआन्दोलनका पीडितले देशले के पायो ? आन्दोलनमा हामीलाई किन होमियो भन्दै नेताहरुको कर्मण्यता र नियतमाथि शङ्कालु नजरले नियालीरहेको बताए ।  

संविधान कसैका लागि नभई समग्र नेपाली जनताको समृद्धि र समुन्नतिका लागि बनाइने भएकाले विगतका सबै आन्दोलनहरुको मर्म र भावनालाई सम्बोधन गर्दै निर्वाचनमा सहभागी जनतासँग राजनीतिक दलले गरेका प्रतिबद्धतालाई पूर्णता दिन पनि छिटै संविधान बनाउनुपर्नेमा जोड दिए ।

कुशल राजनीतिज्ञले देश र जनताप्रति व्यक्त गरेका प्रतिबद्धता बोलि र व्यवहार दुवैमा देखाउन सक्नुपर्नेमा जोड दिदै उनले बोलेको कुरालाई कार्यान्वयन गरी सुनिश्चित गर्न पनि नेताहरुलाई आग्रह गरे । जनतासामु बोलेको विषयलाई सुनिश्चित गर्न सकेमा नै नेताहरुको  विश्वसनीयता र लोकप्रियता चुलिने र राजनीतिले जनआस्था सिर्जना गर्ने उनको भनाई छ ।

१० करोड बढीको कारोबार गर्दे १० दिन सम्म चलेको  पाल्पा महोत्सब आईतबार सकिएको हो । महोत्सलाई ढाई लाख बढी दर्शकले अवलोकन गरेको मेला आयोजक पाल्पा उधोग बाणिज्य संघले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %