मनोज घर्तीमगर
पोखरा, फाल्गुन ११ – नेपाल पत्रकार महासंघ कास्की शाखाको निर्माणधिन भवनलाई सहारा क्लव पोखरा, सहारा युके र सहारा हङकङले एक-एक लाखका दरले सहयोग गरेका छन् ।

तीनै वटा संस्थाले संयुक्त तीन लाख रुपैया आईतबार पोखरा १७ दोविल्ला सहारा एकेडेमीमा आयोजित कार्यक्रमा उक्त हस्तान्तरण गरियो । सहारा क्लव पोखराका अध्यक्ष विरभद्र आचार्य, सहारा युकेका अध्यक्ष दिलीप कुमार गुरुङ र सहारा हङकङका सदस्य माया गुरुङ र नव राज गुरुङले उक्त रकम बराबरको चेक महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावालीलाई हस्तान्तरण गरे ।
महासंघ कास्कीका अध्यक्ष ज्ञावालीले करीब डेढ करोड मुल्य बराबरको बहुउद्धेश्य भवन निर्माणको अन्तिम चरणमा पुगेको बताए । स्वदेशी तथा विदेशी दाताको सहयोगले उद्देश्य पुरा हुन लागेका बताउदै उनले अन्तीमचरणको निर्माण सक्न केहि रकम अझै आवश्यक भएको बताए ।
