कार्यक्रमका सभापतिलाइ सम्मान!
चन्द्रा थापा मगर
काठमाडौं ,१० फागुन – हुम सुनारी मगरद्धारा लिखित “नेपाली राजनीति र समाजमा खपाङ्गीको देन” नामक पुस्तक फागुन ९ गते काठमाडौंमा एक समारोहका वीच कार्यक्रमकी प्रमुख अतिथि एबं संबिधानसभाका उपसभामुख ओनसरी घर्तिमगरले विमोचन गरेकी हुन ।
कार्यक्रममा एमाओवादी नेतृ तथा उपसभामुख घर्तीले उत्पीडीत जातिको आवाज वुलन्द गर्दै तत्कालिन शासकको विरुद्धमा लाग्नुभएका एक जनजाति योद्धा गोरेबहादुर खपाङ्गीको सत्य तथ्य इतिहास लेख्ने बेला भइसकेको अबस्थामा हुम सुनारी मगरले यसको जर्मको गरेको भन्दै लेखकको सह्राना गरेका थिए ।
घर्तीले जनजाति नेता खपाङ्गी असल नियत लिएर आदिवासी जनजातिको हकहितका लागि सदैव सामान्ती राज्यसत्तासँग लडेको बताउँदै उहाँका राम्रा कदमलाई जनजाति समाजले पछ्याउँदै आफ्नो पहिचानका लागि एकजुट भएर लड्नुपर्ने अबस्था आएको बताएका थिए ।
रोजगारीका लागि साउदी अरबको मरभूमिमा रहेर पनि नेपाल र नेपाली समाजका लागि अहोरात्र खट्ने तथा गोरे बहादुर खपाङ्गी बचाउँ अभियानका अन्तराष्ट्रिय संयोजक हुम सुनारी मगरले खपाङ्गी आफ्नो राजनीतिक दलको नेता, मगर नेता तथा उनको सिपाही भएका कारणले पुस्तक लेखेको नभै सिंगो जनजाति समुदायको नेता र जनजाति आन्दोलनमा उहाँले पुर्याएको योगदानको सम्मानमा खपाङ्गीको विषयमा पुस्तक लेख्ने जमर्को गरेको बताए ।
आदिवासी जनजाति महाँसङ्घ राष्ट्रिय समन्वय समिति साउदीका पुर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति अन्तराष्ट्र्रिय संघर्ष समितिका संयोजक समेत रहेका सुनारी मगरले उक्त पुस्तकको विक्री बापत संकलन भएको रकमलाई विश्व मगर ट्रष्ट खोलेर समस्यामा परेका मगर समुदायको सहयोगको लागि उक्त रकम खर्च गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
गोरेबहादुर खपाङ्गी बचाउ अभियान नेपालका संयोजक केबी राना मगरको सभापतित्वमा कार्यक्रमको स्वागत मन्तव्य तोप सारु मगरले र सञ्चालन माया हिस्की मगरले गरेका थिए । केबी राना मगरले यो कार्यमा अहम भूमिका निभाएकोले “नेपाली राजनीति र समाजमा खपाङ्गीको देन” नामक पुस्तकका लेखक हुम सुनारी मगरले दोसल्ला ओढाई सममान गरेका थिए । सो पुस्तकको टिप्पणी सम्पादक एबं बरिष्ठ गीतकार भावेश भूमरीले गरेका थिए ।
उक्त पुस्तक बिमोचन कार्यक्रममा अतिथिहरु : आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोक थापा मगर, मगरसंघका केन्द्रीय उपाध्यक्ष गंगा थापा मगर , राजनीतिज्ञ गणेश बल तामाङ्ग, मगरसंघका पुर्वअध्यक्ष क्याप्टेन यमबहादुर बुढाथोकि मगर, आदिवासी जनजाति संग्रहालयकी बम कुमारी बुढा मगर, लोकतान्त्रिक मगरमंचका सचिव भोज बिक्रम बुढा मगर, वरिष्ठ अधिवक्ता गौ बहादुर आले मगर, खपाँगीकी धर्म पत्नि बिध्या खपाँगी मगर , “नेपाली राजनीति र समाजमा खपाङ्गीको देन” नामक पुस्तकका सम्पादन गरि सहयोग पुर्याउने बरिष्ठ साहित्यकार एबं गीतकार जुद्धबहादुर पून मगर उर्फ भबेश भुमरी ,भिक्षु नारायण आले , सो पुस्तकका लेखक श्री हुम सुनारी मगर लगायतले खपाङ्गीको शिघ्रस्वास्थ्यलाभको कामना गर्दै श्री गोरे बहादुर खपाङ्गी मगरको योगदान बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
(चन्द्रा थापा मगर ऐक्यबद्धताका कार्यकारी सम्पादक हुन)




