आफ्नै पर्ब ल्होसार मनाउदा नुर्बु शेर्पा पक्राउ

Read Time:3 Minute, 30 Second

छुटाउन जाँदा इन्सिपेक्टरले उल्टै ४ जनालाई थुन्यो ।

देब पचभैया  

काठमाडौं, १० फागुन – शेर्पा जातिको महान चाड ग्याल्बो ल्होसार मनाउने क्रममा र्यालीमा स्वयंसेवक खटिएका पासाङ नुर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

 

शनिबार चुच्चेपाटी चक्रपथ ल्होसारको र्यालीमा हिडिरहेका बेला चक्रपथमा नुर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । र्यालीलाई विथोल्ने गरी सुजुकी स्वीट गाडी चालकले शेर्पाहरुको र्यालीसंग नियतबस विवाद गरी किन यस्तो र्याली गरेर जाम गरेको? यस्तो गर्न मिल्दैन भन्दै विवाद गर्दा प्रहरीले उल्टै शेर्पालाई पक्राउ गरेको नेपाल शेर्पा संघकी प्रचार सचिव डोमा शेर्पाले बताइन् ।

‘विना लाइसेन्सका गाडी चालकले ट्राफिक जाम गर्दा उसलाई कारबाही गर्नुको साटो ल्होसार मनाइरहेका निर्दोष ब्यक्तीलाई पक्राउ गर्नु कहाँसम्मको निन्दनीय कार्य हो प्रहरीको?’आयोजक हिमालय शेर्पा सांस्कृतिक केन्द्रले बिज्ञप्तिमार्फत भनेको छ । केन्द्रले आईतबार पक्राउ परेका शेर्पालाई तत्काल रिहा गर्न माग गर्दै महाराजगंज चक्रपथस्थित प्रहरी कार्यालयमा छलफल गरिरहेका बेला सोही प्रहरी बृत्तका प्रहरी निरिक्षक प्रकाश सापकोटाले पक्राउ परेका शेर्पालाई कुटपिट गर्नुको साथै छलफलमा सहभागीहरुलाई अभद्र ब्यबहार गर्दै थप चार जना (एक महिला ३ पुरुष)लाई पक्राउ गरेको केन्द्रले जनाएको छ ।

‘हाम्रो र्यालीमा शान्ति सुरक्षा दिनु त कता हो कता जहिले पनि प्रहरीले नियतबस तफडा गर्ने गरेको छ ।’ सचिव शेर्पाले भनीन् । 

उता आयोजक हिमालय शेर्पा सांस्कृतिक केन्द्रले विज्ञप्तिमार्फत आफ्नो सांस्कृतिक चाड मनाइरहेका बेला पक्राउ गर्नु, कुटपिट गर्नुले गम्भिर मानअधिकार हनन् भएको जनाएको छ । आइतबार विवाद मिलाउन चक्रपथ पुगेको आयोजक शेर्पा समुदायका ब्यक्तिहरुसंग प्रहरी निरिक्षक सापकोटाको ब्यबहारले स्थिती झन जटिल बनेको शेर्पा संघका सचिव शेर्पाले बताइन् । गाडी चालकले आफैले गाडीको सिसा फुटाएर र्यालीका स्वयमसेवक पासाङनुर्बु शेर्पाको नाममा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको बताइएको छ ।

उता बा ११ च ८३३१ जुसुकी स्वीटका चालक  प्रहरी नायव उपरिक्षक (डिएसपि) को नातेदार भएकाले कारबाही नगरिएको आरोप हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको छ ।

       

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %