भिक्षु लामा दुण्डुप गुरुङको रिहाइको माग

Read Time:3 Minute, 12 Second

देब पचभैया

  काठमाडौं, ९ फागुन – भिक्षु लामा विद्यार्थी दुण्डुप गुरुङलाई च्याङ्ग्राको सुकुटी र केही रकम सहित प्रहरीले पक्राउ गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल रिहाईको माग गरीएको छ ।

डोल्पो जनजाति विकास केन्द्र र डोल्पो सरोकार केन्द्र नेपालले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी विशुद्ध भिक्षु लामा निर्दोष भएको भन्दै तत्काल रिहाईको माग गरेको हो । प्रहरीले जाजरकोट स्याडा बजारमा भिक्षु लामा दुण्डुप गुरुङलाई फागुन ३ गते राती ९ बजे दुर्लभ बन्यजन्तुको मासुको आरोपमा थुनछेक गरी जिल्ला वन कार्यालय जाजकोटमा मुद्दा गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा राखिएको डोल्पो जनजाति विकास केन्द्रका अध्यक्ष नोर्बु घलेले जानकारी दिए ।

अध्यक्ष घलेले आदिबासी जनजातिमाथी राज्यले धार्मिक, सास्कृतिक र जातीय विभेद थोपार्दै आएको, विभेद र बहिष्करणको नीतिलाई निरन्तरता दिंदै आएको यो घटनाले प्रमाणीत गरेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा ‘यस प्रकारको घटनाले धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रता, मानवअधिकार, आदिवासी जनजातिको खाद्य अधिकार  एवं गणतन्त्र नेपालको मूल्य मान्यता माथि ठाडै हस्तक्षेप र चुनौति दिइएको छ ।’ भनीएको छ । विज्ञप्तिमा अनाहकमा दुःख दिने नियतबस हिरासतमा लिइएको भिक्षु लामालाई विना सर्त सकुशल रिहाई तुरुन्त गरियोस भनीएको छ ।

डोल्पो सरोकार केन्द्र नेपालका अध्यक्ष से नाम्खा दोजेर्ले पक्राउ परेका भिक्षु लामाले आफन्तको नाममा गाउबाट कोसेली पठाएको च्याङग्राको मासु र संगै लामा पढ्ने विद्यार्थी साथी तथा आफन्तहरुले पठाएको रकम बोकेर ल्याउने क्रममा प्रहरीले मासु र एक लाख तीन हजार आठ सय पचास रुपैंया जफत गरेको बताए । भिक्षु लामा १३ वर्ष पछि डोल्पा जिल्ला मुकाट ४ स्थित आफ्नो घरमा पुगी एक महिनाको लामो विदा सकि कपन गुम्बा फर्कने क्रममा पक्राउ परेका थिए ।

पक्राउ परेका भिक्षु लामाले बोकेको मासु टेष्ट ल्याबमा पठाइएको र रिपोर्ट आउन बा“की रहेको बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %