कोरियामा महमेला, प्रमोदले स्टेज तताए

Read Time:2 Minute, 57 Second

निश्चल काउचा

  सोल , कोरियन नयाँ बर्ष सलनालको अबसरमा नेपाल घर निर्माणार्थ सोल स्थित ख्याङ ई कलेजमा आयोजित नेपाल हाउस सांगीतिक महामेलामा उपस्थित २५ सय दर्शक माझ रजिना रिमालले आफ्ना स्लो गीतहरू तिमी बिना म पागल बन्न सक्छु , नाई नभन्नु लु गाउदै स्टेज चददा दर्शकले भाबुक भनेर साथ दिए ।

त्यसको लगत्तै र्यापर यमा बुद्ध र्याप गाउदै स्टेजमा देखिदा युवाहरूले साथ दिदैसंगै गाए । जव मह जोडी बाहुनबहादुर् र नेवारबहादुर् बनेर स्टेजमा देखा परे दर्शकदिर्घाबाट एकाएक तालीको फोहोरा फुट्यो । उनिहरुको प्रहसनमा बर्तमान नेपालको डामाडोल राजनीतिक स्थिति देखि काकाकुल काठमाण्डौको ब्यथा सुनाउदा उपस्थित दर्शकहरू पेट मिचीमिची हासिरहन वाध्य भए । प्रहसनको अन्त्यमा हामीहरू सबैको आमाको आमा नेपाल आमा हुन ।

कोकिलकण्ठ स्वरमा देवी घर्ती मगरले लोक दोहोरी गीत गाउदा दर्शकहरू सिटमा बसिरहन सकेनन र कम्मर मर्काउदै स्टेजसम्म नै पुगे ।

  हामीहरू सबै नेपाल आमाको सन्तती हौ । कसैले कसैलाइ बिभेद नगरौ। एकले अर्कालाइ बिभेद गर्दा सुडान , इराक , लिभिया , अफगानिस्तान जस्ता देशहरुमा गृहयुद्ध चलिरहेको सुनाउदै हामी सबै नेपाली हौ भन्दै प्रहसन टुङ्गाउदा दर्शकहरू भाबुक मुद्रामा सोचमग्न देखिए ।

मह जोडीको प्रहसनलाई मोहित आचार्य र नरेन्द्र कंसाकारले साथ दिएका थिए । प्रमोद खरेलले आफ्ना डान्सिङ नम्वर म बिना कसैकसैलाई मुस्किल छ पोखरा ,हङ्गामा भो कसमु गाउदा स्टेज अगाडी वान्स मोर भन्दै दर्शकहरू कम्मर मर्काउन पुग्दा आयोजकको तर्फबाट खटिएका स्यंमसेवकहरूलाई स्थिति सम्हाल्न हम्मेहम्मे पर्‍यो । अन्तमा कोकिलकण्ठ स्वरमा देवी घर्ती मगरले लोक दोहोरी गीत गाउदा दर्शकहरू सिटमा बसिरहन सकेनन र कम्मर मर्काउदै स्टेजसम्म नै पुगे ।

उक्त कार्यक्रमको संचालन नायिका एवं उदघोषिका छुल्ठिम गुरुङले गरेकी थिईन । गुरुङ्ले कार्यक्रमको बिचबिचमा आकर्षक नृत्य पनि प्रस्तुत गरेकी थिईन ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %