विनोद रखाली मगर
फाल्गुन ५, वालिङ् – नेपाल मगर महिला संघको ५औं राष्ट्रिय सम्मेलन स्याङ्जाको वालिङ जारमा हुने भएको छ ।
अागामी चैत्र २८ र २९ गते हुने सम्मेलन स्याङ्जामै पहिलो पटक हो । नेपाल मगर महिला संघकी केन्द्रिय अध्यक्ष गगां खासु मगर र महासचिव हिरा राना मगरको उपस्थितीमा वसेको केन्द्रीय समिति र पश्चिमान्चल अन्तरगतका जिल्ला समितिहरु विचको भेलाले स्याङ्जाको वालिङ्मा गर्ने निर्णय गरेको नेपाल मगर महिला संघले जनाएको छ ।
भेलामा वोल्दै नेपाल मगर महिला सघंकी केन्द्रीय अध्यक्ष गगां खासु मगरले गण्डकी अन्चल मगराँतको उद्धगम भुमि भएकाले मगर महिलाहरुलाई जागरुक तथा आन्दोलनमुखि वनाउन राष्ट्रिय सम्मेलन स्याङ्जामा गर्न लागीएको जानकारी दिइन् । भेलामा केन्द्रिय महासचिव हिरा राना मगरले जातिय पहिचान सहितको सघिंय सविंधानको निमार्णमा दवाव स्वरुप आम महिलाहरुको उत्थानका लागी ५औं सम्मेलन महत्वपूर्ण रहेको वताए ।
आदिवासी जनजाती महासंघ स्याङ्जाका अध्यक्ष तेजवहादुर आले मगर, नेपाल मगर संघ स्याङ्जाका अध्यक्ष हेमन्त थापा मगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फुल कुमारी थापा मगर, पाल्पाका अध्यक्ष पुष्पादेवि थापा मगर, नेपाल मगर संघ स्याङ्जा जिल्ला सचिव लोकेन्द्र तराँमु मगर, वालिङ् नगर अध्यक्ष क्याप्टेन डिलवहादुर थापा मगर, मगर महिला संघ क्षेत्र न.१ का सयोंजक लक्ष्मी थापा मगर, क्षेत्र न. ३ का सयोंजक कृष्णमाया राना मगर, क्षेत्र न. २ का संयोजक कृष्णा थापा मगर लगाएतले वोलेका थिए ।
वालिङ् नगरपालिकाको खेल मैदान माले वगरमा चैत्र २८ गते उद्धघाटन र चैत्र २९ गते वन्द सत्र हुने नेपाल मगर महिला सघं स्याङ्जा जिल्ला अध्यक्ष खगिसरा थापा मगरले जनाइन । मगर महिला संघ स्याङ्जा जिल्ला अध्यक्ष खगिसरा थापा मगरको अध्यक्षतामा सम्पन्न भेलाको सन्चालन जिल्ला सचिव रुपा थापाले गरेकी थिइन् ।
महेन्द्र उच्च मा.वि. दिसीङ्कोट, मल्याङ्कोट स्याङ्जाको ४०औं वार्षिक उत्सव प्रजातन्त्र दिवश अर्थात फागुन ७ गते देखि ९ गते सम्म विविध कार्यक्रमका साथ मनाईने भएको छ । फागुन ७ गते जिल्ला शिक्षा अधिकारी सगिंता रेग्मीले उद्धघाटन गर्ने उक्त कार्यक्रमको समापन पूर्व सभाषद मोहन प्रसाद पाण्डेले गर्नेछन् । वार्षिक उत्सवकै अवशरमा क्लव स्तरीय भलिवल प्रतियोगिता लगाएत विविध खेलकुद र सांस्कृतीक कार्यक्रम आयोजना गरीएको मल्याङ्देखि हाम्रा सवांददाता डोलराज अर्यालले जानकारी दिए ।
