आङ काजी शेर्पा किसान
काठमाण्डौ, फागुन ४ – नेपालमा यति बेला संविधान निर्माण प्रक्रिया चलिरहेको छ र जातीय पहिचानसहितको संघीय संविधान निर्माणका लागि सम्पूर्ण आदिवासी जनजातिहरू आन्दोलनरत छन् ।
राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक, साँस्कृतिक, भाषिक, प्रशासनिक, कूटनीतिक, धार्मिकलगायत सबै क्षेत्रमा उत्पीडित आदिवासी जनजातिहरूले आफ्नो हक–अधिकार, पहिचान, समान अवसर एवं मुक्ति प्राप्त गर्नका लागि विभिन्न सामाजिक, जातीय, साँस्कृतिक संघ–संस्था, महासंघ, तथा राजनीतिक पार्टीहरू त निर्माण गरेका छन् र राजनीतिक पार्टीका आदिवासी जनजाति मोर्चा र भ्रातृ संगठनहरूसमेत गठन भएका छन् ।
तर ती सबैलाई संचालन गर्ने साझा संयन्त्र नभएको हुनाले गत २०७१ असोज ३० गते काठमाण्डौ आदिवासी जनजातिहरूको एक भेलाद्वारा वरिष्ठ अधिकारकर्मी, नागरिक समाज तथा जातीय एवं भाषिक आन्दोलनका अगुवा श्री पद्मरत्न तुलाधरको अध्यक्षतामा अदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल गठन गरिएको थियो र घोषण–सभा कार्तिक १६ गते काठमाण्डौंमा भएको थियो ।
विभिन्न जातीय, सामाजिक, साँस्कृतिक संघ–संस्थाहरू, जातीय राजनीतिक पार्टीहरू, राजनीतिक पार्टीका आदिवासी जनजाति भ्रातृ संगठनहरू, राजनीतिक पार्टीका आदिवासी जनजाति वरिष्ठ नेताहरू, जातीय प्रादेशिक मोर्चाहरू तथा आदिवासी जनजाति आन्दोलनकर्मीहरू सम्मिलित भएको यो मोर्चा आदिवासी जनजाति इतिहासकै सबभन्दा बृहत्, व्यापक र समावेशी मोर्चा हो ।
यस आन्दोलनमा केन्द्र, प्रदेश र जिल्ला गरी ३ हुनेछन् भने केन्द्रमा राष्ट्रिय परिषद, केन्द्रीय संयोजन समिति र निर्देशक समिति रहनेछन् । त्यसै गरी, यसको एक सल्लाहकार समिति र सचिवालय पनि रहेको छ । हालसम्म विभिन्न प्रादेशिक संयुक्त संघर्ष समितिहरू गठन भैसकेका छन् । त्यसै गरी, मधेशीहरूसँग २–३ पटक वार्ता तथा छलफल पनि भएको छ र सहकार्य गर्ने सम्भावना देखिएको छ ।
राज्यले आदिवासी जनजातिहरूसँग विभिन्न समयमा गरेका सहमति र सम्झौताहरू, (ILO Convention –१६९) तथा आदिवासी आधिकारसम्बन्धी राष्ट्र संघीय घोषणापत्रका आधारमा र संविधान सभाभित्र एवं बाहिर रहेका राजनीतिक शक्तिहरूका साथै सम्पूर्ण सरोकारवालाहरूको राष्ट्रिय सहमतिमा मात्र नयाँ संविधान निर्माण गरिनु पर्दछ र त्यसरी निर्माण गरिएको संविधानमात्र सर्वस्वीकार्य तथा टिकाउ हुनेछ भन्ने धारणा यस राष्ट्रिय आन्दोलनको रहेको छ । त्यसै गरी, एकल जातीय पहिचानका आधारमा मात्र संघीय एकाइ (प्रदेश, स्वायत्त क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्रलगायत) गठन गरिनु पर्दछ, बहुपहिचान र मिश्रित पहिचानका आधारमा गठन गरिने संघीय एकाइ हामीलाई स्वीकार्य हुनेछैन ।
यस राष्ट्रिय आन्दोलनका लक्ष्य र प्रतिबद्धताहरू हुन् — सार्वभौमिकता र राष्ट्रिय स्वाधीनताको रक्षा, एकल जातीय पहिचानसहितको संघीय संविधान, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता, आत्म–निर्णयको अधिकार, अग्राधिकार, जातीय स्वशासन र स्वायत्ततासहितको प्रदेश (संघीय एकाइ) र विशेष संरचनाहरू (स्वायत्त क्षेत्र, संरक्षित र विशेष क्षेत्र)को सुनिश्चितता, पूर्ण समानुपातिक र समावेशी निर्वाचन प्रणाली, र राज्यका सबै अंग तहहरूमा जातीय-समुदाय-लैंगिक जनसंख्याको आधारमा समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता ।
जातीय पहिचानसहितको संघयि संविधान निर्माणका लागि आन्दोलनको विकल्प छैन । त्यसैले यस सिलसिलामा यस मोर्चाले आन्दोलनको गत मंसिरदेखि माघ ९ गतेसम्म २ चरणका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
अब तेश्रो चरणको कार्यक्रम सार्वजनिक गरिएको छ जुन निम्नानुसार रहेको छ :
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको आन्दोलनका कार्यक्रमहरू:
क्र.सं. मिती कार्यक्रम जिम्मेवारी
क. आदिवासी जनाजति आन्दोलन – प्रचार प्रसार १ ) फाल्गुण मसान्त सम्म देशभर पर्चा, पम्फ्लेटिङ, भित्तेलेखन तथा संचार माध्यमहरुबाट प्रचार–प्रसार । प्रादेशीक संघर्ष समितीहरु
२) फाल्गुण मसान्त सम्म प्रदेश, स्वायत्त क्षेत्र, विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, जिल्ला तथा प्रवासहरुमा समिति बनाउने र प्रशिक्षणहरु सन्चालन गर्ने ।
ख. आदिवासी जनजाति आन्दोलन – काठमाण्डौ केन्द्रीत अन्तक्र्रिया तथा छलफलहरु
३) फागुन ४ गते: काठमाडौंमा दलित, खस, मुस्लिम, मधेसी नागरिक समाजसंग बैठक तथा सहकार्यको घोषणा : मल्ल के सुन्दर, परशुराम तामाङ र सुरेश आलेमगर
४ )फागुन ६ गते उध्योग ब्यावसायीहरुसंगको समन्वय: पद्मरत्न तुलाधार, बर्षमान पुन“अनन्त”, अशोक राइ, देव गुरुङ
५) फागनु १० गते: काठमाडौंमा जनजाति संघ संस्थाहरुसंग अन्तरक्रिया : पासाङ सेर्पा, आङकाजी शेर्पा, नरवहादुर गुरुङ्ग र नरेश ताम्राकार
६) फागुन१४ गते: आदिवासी जनजाति युवा दस्तालाई प्रशिक्षण र काठमाण्डौमा मार्चपास – वसन्तपुर, काठमाडौं विहान – ११ बजे: पासाङ शेर्पा, नरबहादुर गुरुङ र जिएस गुरुङ, निर्मल तामांग
७) फागुन १६ गते: ३० दलीय मोर्चाको जनसभामा जातीय पहिचान झल्किने भेषभूषा र झाँकी सहित एैक्यवद्धता सहित सहभागीता जनाउने–सुन्धारामा ११ बजे भेला हुने: निर्देशक समिति र सचिवालय
८) फागुन १८ गते: अन्तरराष्ट्रिय समुदायसंग भेटघाट पद्मरत्न तुलधार र मल्ल के सुन्दर
ग. आदिवासी जनजाति आन्दोलन – जनप्रदर्शन तथा सभा
९) चैत्र ४ गते पोखरा: ओम गुरुङ र बर्षमान पुन राजकाजी गुरुङ, गणेश गुरुङ्ग, पानबहादुर भुजेल, तमु ह्यूल छोँजधिंका प्रतिनिधि
१०) फागुन २६ गते: बनेपा परशुराम तामाङ, नरेश ताम्राकार र सूर्यमान ढोङ्ग, निर्मल लामा
११) चैत्र ७ गते: ललितपुर, मंगलबजारमा बृहत जनप्रदर्शन निर्देशक समिति र सचिवालय
घ. आदिवासी जनजाति आन्दोलन – पहिचानयात्रा र जनसभा – पश्चिम नेपाल
१२) फागुन २७ गते:धनगढी : डा. ओम गुरुङ, बर्षमानपुन अनन्त, मल्ल के सुन्दर, भानुराम चौधरी, सुरेश आले मगर, नरबहादुर गुरुङ्ग, जिएस गुरुङ्ग, नविन रोक्का मगर, मिनराज चौधरी
१३) फागुन २८ गते : बर्दिया गुलरिया
१४) फागुन २९ गते: दाङ, घोराही
१५) फागुन ३० गते : बुटवल
ङ. आदिवासी जनजाति आन्दोलन – पहिचान यात्रा – पूर्वीय नेपाल
१६) फागुन २७ बिर्तामोड झापा खगेन्द्र माखिम, पासाङ शेर्पा , परशुराम तामाङ्ग, अशोक राई, गोपाल किराती, आंगकाजी शेर्पा, उत्तम थाङ्गडिन, नागेन्द्र राई, नरेश ताम्राकार, निर्मल तामांग, दुर्गा राई,
१७) फागुन २८ गते :उर्लावारी, मोरंग , फागुन २९ गते : धरान सुनसरी
१८) फागुन ३० गते :लालवन्दी, सर्लाही र निजगढ, बारा
१९) चैत्र १ गते : हेटौडा, मकवानपुर
२०) चैत्र १ गते :चितवन नारायणगढ
च. आदिवासी जनजाति आन्दोलन :
पहिचान यात्रा उपत्यका चक्रपथ परिक्रमा २०७१ फागुन २२ गते (कलंकी–बल्खु : मगरात प्रदेश) (बल्खु – सातदोबाटो :– लिम्बु) (सातदोबाटो – कोटेश्वर ;–नेवाः) (कोटेश्वर – चाबहिल :–किरात-खम्बुवान)(चाबहिल – नारायण गोपालचोक :– शेर्पा प्रदेश-थरुहट) (नारायणगोपालचोक – माछापोखरी :–ताम्सालीङ प्रदेश) (माछापोखरी – कलंकी :–तमुवान र अल्पसंख्यक) उपरोक्त क्षेत्रहरुमास्वायत्त क्षेत्र अन्तरगतकाजातीय संस्थाहरु सम्बन्धित जातीय प्रदेशहरुमा सहभागीहुने ।
प्रदेश र क्षेत्रले प्रत्येक आर्कमा दिनको १ बजे – ५ वजे सम्म यात्रा र ठाउँठाउँमा कोण सभागर्ने
आदरणीय न्यायप्रेमी तथा समानताप्रेमी जनसमुदाय,
यति बेला हामीले चाहेको जातीय पहिचानसहितको संघीय संविधान प्राप्त गर्न असम्भवप्रायः देखिन्छ किनकि संविधान सभा — २ मा जातीय एकाधिकारवादी, यथास्थितिवादी र पश्चगामी तत्वहरूको बर्चश्व रहेको छ ।
अतः सशक्त संघर्षको अत्यन्तै आवश्यकता छ । त्यसैले सम्पूर्ण आदिवासी जनजातिहरू एकजुट भएर संघर्षमा उत्रनु पर्दछ । सबैले आ–आफ्ना व्यक्तिगत वा दलीय स्वार्थ, आग्रह–पूर्वाग्रह, कुण्ठा, संकीर्णता, असन्तुष्टिलाई पन्छाएर, अलिकति आँट गरेर तथा टुक्रे एवं खण्डित आन्दोलन गर्न छाडेर एक भएर जानु पर्दछ, संयुक्त आन्दोलन गर्नु पर्दछ । हामीलाई अन्य उत्पीडित जनसमुदायले पनि अवश्य साथ दिनेछन् र हामीले अवश्य सफलता हासिल गर्न सक्नेछौं ।
अन्तमा, हामी सम्पूर्ण न्यायप्रेमी तथा समानताप्रेमी जनताबाट विगतमा जस्तै आर्थिक, नैतिक, भौतिक समर्थन र सहयोग प्राप्त भैरहनेछ भन्ने अपेक्षा गर्दछौं र फेरि पनि सम्पूर्ण आदिवासी जनजातिहरूलाई एकजुट भएर संघर्षमा सहभागी भैदिनु हुन आर्दिक अपील गर्दछौं ।
नाराहरु :
यथास्थिति र प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं !
जातीय पहिचानसहितको सङ्घीय संविधान निर्माण गरौं !
जातीय पहिचानसहितको स्वायत्त प्रदेश-क्षेत्र सुनिश्चित गर !
समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर !
संघीय गणतन्त्र नेपाल जिन्दावाद जिन्दावाद ! जिन्दावाद !
धर्मनिरपेक्षता कार्यान्वयन गर !
सम्पूर्ण राजनीतिक पार्टी र सरोकारवालाहरूको राष्ट्रिय सहमतिमा संविधान निर्माण गर ! पहिचान बिरोधी होसियार होसियार !. होसियार !
आदिवासी जनजाति एकता जिन्दावाद !
अदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल जिन्दावाद !
मिति २०७१ फागुन ४ गते
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल ।