संविधान निर्माणका लागि आर्थिक सहयोग गरि दिन अनुरोध

Read Time:4 Minute, 28 Second

पासाङ शेर्पा- जापान 

नेपाल आदिवासी जनजाति महासंघ जापानको गत केहि महिना अगाडि सम्पन्न बैठकले आफ्ना सदस्य संगठन संस्था तथा ईच्छुक शुभचिंतक सबै जनजाति तथा नेपालीहरुलाई आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले लिएको लक्ष्यः जातीय पहिचान एवं हक–अधिकारहरु सुनिश्चित भएको संविधान निर्माण गर्नका लागि चेतना अभिवृद्धि कोषलाई स्वविवेक र स्वेच्छाले आर्थिक सहयोग गरि दिन अनुरोध गर्ने निर्णय गरेको थियो । त्यस अनुरुप हाल नेपालमा “आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल”ले गरिरहेको दोस्रो चरणको आन्दोलन तथा जनचेतना अभिवृद्धि कार्यक्रमलाई जापानबाट केहि दिन अगाडि मात्र सहयोग स्वरुप ४ लाख ७० हजार रुपैयाँ नेपाली आर्थिक सहयोग पठाएको छ ।

आज देश अत्यन्त गम्भीर मोडतिर धुर्विकरण हुंदै गईरहेको अवस्थालाई मध्य नजर गर्दै राज्य सत्तापक्षका जिम्मेवार व्यक्ति तथा राजनितिक दलहरुले समय मै भोली हुन सक्ने अभूत घट्नाहरुलाई रोक्नको निमित्त आम आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, सिमान्तकृत अन्य अल्पसंख्याक समुदाय तथा पिछडिएका वर्गहरुको हक हित अधिकारलाई सुनिश्चित गर्नु पर्दछ । साथै बिगतमा बिभिन्त पक्षहरुसंग पटक पटक गरिएका विस्तृत शान्ति सम्झौता एवं अन्तरिम संविधानमा उल्लेख भई सकिएका हरेक बुंदाहरुलाई कुनै पनि हलतमा अब बनिने नयां संविधानमा समावेश नभएको खण्डमा त्यसको प्रतिकार गर्न आदिवासी जनजाति महासंघ जापान हरेक किसिमका गतिबिधिहरुलाई अगाडि बढाउन बाध्य हुने छ ।

तथापि यस अभियानको लागि थालिएको हाम्रो यो शुरुवातको आन्दोलन आफैमा शान्तिपूर्ण तथा जनचेतना अभिबृद्धि गराउने उद्देश्य अनुरुप भईरहेको हुंदा यसले कुनै धर्म संस्कृति वा समुदाय बिशेषको बिरोधमा नभएको स्पष्ट गराउदै स्वदेश एवं विदेशमा कार्यरत आदिवासी जनजाति र तिनका सदस्य संगठन संघसस्थाहरु, सम्पूर्ण न्यायप्रेमी तथा समानताप्रेमी र उत्पीडितवर्ग, जाति, लिङ्ग, क्षेत्रका सबै नेपाली जनताहरु र सञ्चारकर्मीहरुलाई नैतिक, आर्थिक एवं भौतिक सबै प्रकारले सहयोग र समर्थन गरि दिनु हुन समेत नेपाल आदिवासी जनजाति महासंघ जापान हार्दिक अपील गर्दछ ।

अन्तमा यस अभियानको निम्ति तपाईं हामीबाट भएको सानो सहयोगले परापूर्वकाल देखि राज्य सत्ता पक्षका अतिवादी शासकहरु द्वारा विभेदमा पारिएका अधिकारविहिन सम्पूर्ण नेपाली जनताको हरेक किसिमको मुक्तिको निमित्त महत्वपूर्ण योगदान पुग्नेछ भन्ने कुरामा हामी विश्वास राख्दछौं । यहाँहरुले गर्नु भएका र भविश्यमा हुने हरेक किसिमको सहयोगको अभिलेख तथा सही मूल्यांकन र लेखाजोखा अवश्य पनि हुने र राखिने जानकारी गराउंदै सहयोग गर्नु भएका र गराउन पहल गर्नु हुने सम्पूर्ण एकल जातिय संघ संस्थाका पदाधिकारी तथा अध्यक्ष ज्यूहरु, व्यक्तिगत रुपमा सहयोग गर्नु हुने आदरणीय शुभचिंतक एवं सहयोगीहरु सबैलाई आदिवासी जनजाति महासंघ जापान हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %