लखन थापा मगर जाति भएकै आधारमा विभेद:पूर्व मन्त्री थापा

Read Time:1 Minute, 38 Second

देब पचभैया 

पाल्पा, फागुन २ – नेपाल मगर संघको आयोजनामा १३८ औँ लखन थापा स्मृति दिवस तानसेनमा सम्पन्न भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापाको स्मृतिमा शनिबार तानसेनमा अन्तरक्रिया भएको हो ।

अन्तक्रिया कार्यक्रममा नेपाल मगर संघका संस्थापक केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एसएस थापाले प्रथम सहिदलाई राज्यले अहिलेसम्म विभेद गरेको बताए । लखन थापाले लोकतन्त्रको पक्षमा अभियान चलाउँदा फरक जाति भएकै आधारमा जंगबहादुर राणाले फाँसी दिएको उल्लेख गर्दै थापालाई प्रथम सहिद घोषणा गर्न माग गरे ।

कार्यक्रममा सभासद् तुल्सा राना, नेपाल मगर संघका केन्द्रीय सदस्य भोगबहादुर थापा, मोहन थापाले लखन थापा मगर जाति भएकै कारण राज्यबाट विभेदमा परेको आरोप लगाए । यस्तै मगर भेजाका टोपबहादुर खाम्चा, संघका सल्लाहकारहरु दोलख रास्कोटी, नविन थापा, टोप अस्लामी, गीरबहादुर थापा र केहरसिं रानाले बोलेका थिए ।

कार्यक्रम संघका अध्यक्ष बलबहादुर गाहाको अध्यक्षतामा र सचिव रामबहादुर गरम्जाको संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %