पाल्पा महोत्सबको आज तेश्रो दिन : फोटो फिचर सहित

Read Time:5 Minute, 2 Second

ढेड करोडको कारोबार , २५ हजार दर्शकको उपस्थित ,

देब पचभैया

पाल्पा, फागुन ३ – शुक्रवारबाट शुरु भएको पाल्पा महोत्सबमा अहिले सम्म २५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने ढेड करोक बढीको कारोबार भैसकेको मेला आयोजक पाल्पा उधोग बाणिज्य संघले जानकारी दिएको छ ।

मेलामा  जे,सि,बि र  ट्याक्टरको पनि बिक्रि भएकाले ढेड करोड बढीको कारोबार भएको  हो । अस्ति र हिजो गरी दुई दिनको अवधीमा मात्रै २० हजार बढी टिकट बिक्रि भएको छ ।  

पाल्पा महोत्सको तेश्र्रो दिन आज मिलन लामा, कृष्णा गुरुग, दुर्गा रायमाझी लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।

  हिजोको महोत्सबमा महानायक राजेश हमाल, रोईला गायक शिरिस देबकोटा, गायीका कृष्ण गुरुग लगाएतको प्रस्तुति रहेको थियो ।

१० गते सम्म चल्ने मेलामा ३ सय २० स्टल रहेको छ । मेलाको ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सबमा चिडिया घरमा रहेका अस्ट्जि चरा, मयुर , अजिंगर, चौरी गाई  लगाएतका पशुपंछि संगै कुडुले घर भित्र फोटो प्रर्दशनी, माछा पालन, च्याउ र नमुना तरकारी  खेती , पाल्पाली ढाका बनाउने तरिका सहितको प्रर्दशनी दर्शकले रुचाएका छन् ।  

  ठुलो आकारमा निर्माण गरिएको पाल्पाली करुवाको छेउमा बसेर फोटो खिच्ने, स्थानिय परिकारको स्वाद चाख्ने,पेल्दा पैल्दैको उखुको रस पिउने, पाल्पामै उत्पादित मह, घिउ, गेडागुडी लगाएतका सामान खरिद गर्ने दर्शकको भिड बढेको छ ।

हाते बुनाईका सामाग्रीले पनि दर्शकको मन तानेको छ । अरु समय र स्थानमा भन्दा केही सस्तो र राम्रा सामान पाईएको भन्दै फेन्सी जन्य स्टलहरुमा पनि दर्शको भिड बढेको छ । फुलका बिरुवा किन्ने दर्शकको पनि घुईचो लागेको छ ।

  मेलामा टेलिकम, बन, राष्ट्यि बाणिज्य बैंक लगाएतका सरकारी कार्यालयहरुले आफ्ना सेवाहरु मेलाबाटै प्रदान गरेका छन् । स्मार्ट सेल लगाएत मोबाईलका सिमकार्ड मेलामै बाडिएका छन् । स्वास्थ्य चेक जाच संगै ब्यवस्था मिलाईएको छ । प्रबिधिको जानकारी सहितको आईजन्य स्टलहरुमा पनि दर्शकको भिड बढेको छ । रानीघाट दरबारको शैलीमा निर्माण गरिएको स्थान भित्र मेलाको सचिबालय संचालन भएको छ ।

  हामी सबैको उत्सव, पाल्पा महोत्सव २०७१ भन्ने मूल नाराका साथ आयोजीत मेलामा अपांग र बृद्ध बृद्धाहरुलाई निशुल्क प्रबेश मिलाइएको छ । ४० रुपयाँ प्रबेश टिकट भएपनि बिधार्थीहरुलाई २५ रुपिया तोकिएको । 

प्रबेश टिकट बाट एक जनालाई मेलाको अन्तिम दिन गोलाप्रथा द्धारा मोटर साईकल उपहार राखिएको छ ।

  मेला बाट भएको बचत लाई संघको वहुउद्देश्यिय भवन निर्माण र पर्यटकिय क्षेत्रको विकासको लागी खर्च गरिने  पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनले जानकारी दिए । नवौ सस्करणको रुपमा आयोजना गरिएको पाल्पा महोत्सबले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवा पुग्नुका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहाँसिक र साँस्कृतिक पहिचानलाई अझ बढी प्रचार गरी आन्तरिक पर्यटक अभिवृद्धि गर्ने पाल्पा उधोग बाणिज्य संघका महासचिब भिमसेन कार्कीले जानकारी दिएका छन् ।

फागुन १ गते भएको मेलाको उधोग मन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए ।

 

घुमौ महोत्सब !  ( पाल्पा महोत्सबका स्टलहरु ! ) फागुन १ गते देखि जारी पाल्पा महोत्सबमा ३२० स्टल छन् । महोत्सब १० गते सम्म चल्ने छ ।

फोटो : देब पचभैया

 

 

 

 

 

 

  

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %