कोरियामा नेपाल घर निर्माणार्थ रु एक करोड ५ लाख उठ्यो

Read Time:2 Minute, 6 Second
निश्चल काउचा 
 
सोल- कोरियाको सोलमा दिर्घकालीन र व्यवस्थित नेपाल घरको निर्माणार्थ सहयोग अभियान अन्तर्गत कोरियामा रहेका बिभिन्न नेपाली पेशाकर्मीबाट अहिलेसम्म १० करोड ५० लाख वोन ( रु १ करोड ५ लाख ) रकम संकलन भैसकेको र सहयोग संकलन हुन क्रम जारी रहेको एन आर एन कोरियाका अध्यक्ष विनोद कुवरले जानकारी दिएका छन ।
उसो त कोरियन नयाँ बर्ष सलनालको अबसरमा यहि फेब्रुअरी १८ तारिख पुसान र १९ तारिख सोलमा ” प्रवासमा सम्पुर्ण नेपालीहरूको एकता ! दीर्घकालिन र ब्यवस्थित नेपाल हाउस आजको आवश्यकता !! नारा राखेर ‘नेपाल हाउस सांगीतिक महामेला’ नामक कार्यक्रम पनि आयोजना गरिदैछ । उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरू मह जोडी, प्रमोद खरेल, बिष्णु माझी, छुल्टिम गुरुङ, रेजिना रिमाल र यमा बुद्ध जस्ता चर्चित हस्तीहरूले कोरियाको चिसो मौसम तताउने आयोजकले जनाएको छ ।
कन्सर्टबाट उठेको पैसा र संकलित पैसाले नेपाल घर निर्माण गरिने र निर्माण भैसके पछि उक्त भवनमा दु:ख, बिमार परेकाहरू, काम छोडेकाहरूलाई बस्नको ब्यवस्था हुनुको साथै नेपाली कला सस्कृति झल्किने बस्तुहरू राखिने र कोरियामा रहेको दर्जनौ क्रियाशिल संस्थाको आफ्नै कार्यालय अहिलेसम्म नभएको हुदा बिभिन्न संस्थाहरूको कार्यालयको लागि पनि नेपाल घरलाई प्रयोजनमा ल्याईने छ । 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %