१३८ औं लखन स्मृती दिवश स्याङ्जामा मनाइयो

Read Time:5 Minute, 3 Second

पत्रकार रखाली मगर सहित ८८ मगर प्रध्यानध्यापक सम्मानित ।  

विनोद रखाली मगर  

  फाल्गुन २, स्याङ्जा – नेपाल मगर संघ जिल्ला समिति स्याङ्जाले १३८ औं लखन थापा मगर स्मृती दिवश एक कार्यक्रमका विच सम्पन्न गरेको छ ।

जहाँनिया राणा शाषनको विरुद्धमा आवाज उठाउँदा मृत्युदण्डको सजाँय पाएका प्रथम सहिद लखन थापा मगर को १३८ औं स्मृती दिवशको अवशरमा नेपाल मगर संघ स्याङ्जाले “आजको आवश्यक्ता मगँरात प्रदेशको अपरिहार्यता” भन्ने उद्धघोषका साथ स्याङ्जा जिल्ला भरीका शैक्षिक सस्थांका प्रध्यानध्यापकहरुलाई सम्मान सहित सम्पन्न गरेको छ । 

  कार्यक्रमको उद्धघाटन गर्दै नेपाल आदिवासी जनजाती महासंघ स्याङ्जाका अध्यक्ष तेजवहादुर आले मगरले राज्यले लखन थापा मगरलाई प्रथम सहिद भन्न हिच्कीचाईरहेको अवस्थामा मगर समुदायले मात्र प्रथम सहिद लाई स्मरण गर्नु दुखद रहेको वताए । आलेले नेपालको इतिहासमा विभिन्न प्रमाण र अध्ययनले लखन थापा मगरनै प्रथम सहिद भएको भन्दै सरकारले सहिद मात्र नभई प्रथम सहिद घोषणा गर्न माग गरे ।

  कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका सचिव तथा आदिवासी जनजातीका अगुवा कुमार राना मगर , नेपाल मगर संघ वालिङ् नगरका अध्यक्ष क्याप्टेन डिलवहादुर थापा मगर , विरेन्द्र उच्च मा.वि. का प्रार्चाय ठगविर राना मगर , भु.पु. सैनिक आवासिय उच्च मा.वि.वालिङ्का प्रार्चाय पूर्णवहादुर थापा मगर , नेपाल मगर महिला संघ वालिङ्का अध्यक्ष कृष्णमाया राना मगर , युवा सन्चारकर्मी तथा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर, मगर संघ स्याङ्जाका जिल्ला सदस्य वालचन राना मगर , लगातले प्रथम सहिद लखन थापा मगरलाई राज्यले सहिदको मात्र उपमा दिएर थापाको  अपमान गरेको भन्दै प्रथम सहिद घोषणा गर्न माग गरे ।

  साथै वक्ताहरुले सहिद कुनै जातिको मात्र नभई समग्र राष्ट्रको सम्पति भएको भन्दै प्रथम सहिदको सम्मान गर्न राज्यको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा स्याङ्जा जिल्ला भरीका करिव ८८ जना मगर प्रध्यानध्यापक , प्रार्चाय , स्रोत व्यक्तीलाई सम्मान गरीएको थियो । सम्मानित हुने हरुमा राममन्दिर उच्च मा.वि.का स्रोत व्यक्ति टोपवहादुर थापा मगर , विरेन्द्र उच्च मा.वि जैपतेका प्रार्चाय ठगविर राना मगर , महेन्द्र उच्च मा.वि.मल्याङ्कोटका प्रार्चाय नरवहादुर सारु मगर , भू.पू. सैनिक उच्च मा.वि वालिङ्का प्रार्चाय पूर्णवहादुर थापा मगर , शिशु निकेटन माध्यामिक विद्यालयका प्रध्यानध्यापक कुमार राना मगर , गल्याङ् भू.पू. सैनिक मा.विका प्रिन्सीपल गोपाल गाहा मगर लगाएत स्याङ्जा जिल्ला भरीका प्रा.वि. , मा.वि. र उच्च मा.विका गरी करीव ८८ जना मगर प्रध्यानध्यापक हरु रहेका थिए ।

  यसै विच आदिवासी जनजाती र सम्रग मगरहरुको समाचार तथा गतिविधिलाई सन्चार क्षेत्रदेखी वाहिर ल्याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै विभिन्न सन्चार क्षेत्रमा कार्यरत  युवा सन्चारकर्मी तथा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगरलाई सम्मान गरीएको थियो । रखाली मगर विगत १ दशक देखि श्रव्य, दृश्य तथा छापा पत्रकारीतामा सक्रिय रहेका छन् ।

नेपाल मगर संघ वालिङ् नगर समितिको सभाहलमा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष खगिसरा थापा मगरको स्वागत सङ्गै सुरु भै सचिव लोकेन्द्र तराँमु मगरको सन्चालन र अध्यक्ष हेमन्त थापा मगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %