विनोद रखाली मगर
फागुन १, गल्याङ् – स्याङजाको पकवादी मा रहेको मिनाङ लाङघाली समाजको तेस्रो वार्षिक उत्सव आज विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस का महासमिति सदस्य शिव गिरीले खेलकुदको माध्यम बाट युवाहरुमा भाइचाराको सम्बन्ध कार्यम गर्नु पर्ने बताउदै नेपाली कांग्रेसले सबै नेपाली जनतालाई समान अधिकार प्रदान गरि लोकतान्त्रिक पद्धतीबाट अधिकार प्रदान गर्ने बताए ।
उनले समाजिक विकास का लागि युवा शक्ति एक हुन जरुरी रहेको बताउदै युवा विनाको समाज विकास सम्भव नरहेको कुरा व्यक्त गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य हरिलाल खनाल, नेपाली कांग्रेस तिन्दोवाट का सचिव तथा युवा नेता चन्द्र राना मगर, पकवादी भञ्ज्याङ्ग उच्च मावि का प्राचार्य तिलकराम उपाध्यय लगाएतले खेलकुदको माध्यमबाट अनुशासन तथा मेलमिलापको ज्ञान प्रदान हुने हुदा सबै युवाहरु खेलकुद अनिवार्य रहेको बताएका थिए।
कार्यक्रममा २० टिमको सहभागिता रहेको थियो । प्रथम स्थानको लागि पेलाकोट युवा क्लव र आयोजक विच खेल भैरहेको छ भने तेस्रो स्थानको लागि गल्याङ युथको टिम भएको छ ।
प्रथम हुने टिमले नगद रु २२,०००।– शिल्ड, मेडल तथा प्रमाण पत्र, द्धितिय हुनेले नगद १३,०००।–, शिल्ड, मेडल तथा प्रमाण पत्र र तृतियलाई नगद ७,०००।– शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ । आज समापनको दिन विभिन्न सांस्कतिक कार्यक्रम समते प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष जगत बराल , स्वागत मन्तव्य सदस्य हिरन बस्नेत तथा संचालन लोकेन्द्र आले मगरले गरेका थिए।
