सहमतिको प्रयास जारी : पूर्व मन्त्रि श्रेष्ठ
विनोद रखाली मगर
फागुन १, गल्याङ् – पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व उपसभापति गोपाल मान श्रेष्ठले संविधान जारी गर्नका लागि सहमतिको प्रयास भैरहेको वताएका छन् ।
स्याङजा क्षेत्र नं. ३ को सबै भन्दा जेठो विद्यालय श्री भानु भक्त आर्चाय उच्च माध्यामिक विद्यालयको ५० औ वर्ष पुगेको उपलक्ष्यमा आयोजित स्वर्ण महोत्सवको अबसरमा श्रेष्ठले सहमतिको प्रयास अधिकतम गर्ने नभए प्रक्रिया वाटै भए पनि सविंधान जारी गर्ने ठोकुवा गरे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा सभासद पद्मा अर्यालले स्थानीय क्षेत्रको विकाश लाई प्राथमिकतामा राख्दै गुणस्तरीय शैक्षिक क्षेत्र निमार्णमा सवैको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद पंगेनी ले प्रक्रियावाटै भएपनि सविंधान आउने जिकीर गरे । कार्यक्रममा नेपाली कांग्रेस पूर्व सभासद तथा नेपाली कांग्रेसका महासमिति सदस्य मोहन प्रसाद पाण्डेय, नेकपा एमाले गण्डकी समन्वय समितिका सदस्य पूण्य भूषाल , जिल्ला विकास समिति स्याङ्जाका पूर्व उपसभापति लाल गोपाल अर्याल , नेपाली कङ्ग्रेसका प्रतिनिधि लक्ष्मण भट्टराई , नेकपा एमालेका प्रतिनिधि ढाकाराम अर्याल, एनेकपा माओवादीका प्रतिनिधि लोकेन्द्र तराँमु मगर , राप्रपा नेपालका प्रतिनिधि रोमाकान्त जैँसी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वर्ण महोत्सवकै अवशरमा विद्यालयमा सेवा गरेका पूर्व प्राचार्य , अध्यक्षहरुलाई सम्मान गरिएको थियो । विद्यालयका प्रार्चाय कृष्ण प्रसाद शर्मा न्यौपानेले वार्षिक आय व्यय तथा वार्षिक प्रतिवेदन र प्रगति विवरण पेश गरेका थिए ।
यता स्वर्ण महोत्सवको अवशरमा विद्यालय लाई नौली दुलही जस्तै सिगाँरीएको थियो । उद्घाटनको पूर्व सन्ध्यामा प्रभातफेरी गरीएको थियो उक्त प्रभातफेरीमा भानुभक्त आचार्य उच्च मा.वि , आर्दश आवसिय उच्च मा. वि, चिराग उच्च मा.वि , गल्याङ् भूपू सैनिक मा. वि, गल्याङ युथ, नेपाल मगर संघ, नेवार समाज, कालीका आमा समुह तुलसी भञ्ज्याङ ९, लगाएत को बृहत र्याली सहित गल्याङ बजार, तल्लो बजार परिक्रममा गरि विद्यालयमा आई कार्यक्रममा परिणत भएको थियो । र्यालीमा सहभागीहरुको लागि गल्याङ युथले पानीको बजारको मेन रोडमा, तल्लो बजारमा र विद्यालयमा निस्कने टोलमा निशुल्क व्यवस्था गरेको थियो ।
स्वर्ण महोत्सवको दोस्रो दिन फाल्गुन २ गते भूपू विद्यार्थी मञ्चको पुनर्मिलन समारोह, ३ गते अन्तर समुह लोकगीत प्रतियोगिता , ४ गते अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता एवं अतिरिक्त क्रियाकलाप सम्बन्धी पुरस्कार वितरण, ५ गते वार्षिक शैक्षिक कार्यक्रमको पुरस्कार वितरण एवं साँस्कृतिक कार्यक्रम र ६ गते सम्मान कार्यक्रम सहित स्मारिका विमोचन तथा समापन हने विद्यालयका अध्यक्ष कृष्णमोहन भूषालले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार शिरीस देवकोटा तथा कृष्ण गुरुङद्धारा दर्शकलाई निकै मनोरन्जन गराएका थिए । साथै विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वृहत साँस्कृतीक प्रस्तुती रहने छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमोहन भूषालको अध्यक्षतामा सन्चालित उद्धघाटन कार्यक्रमको स्वागत मन्तव्य शिक्षक बालकृष्ण न्यौपानेले र संचालन शिक्षक लेखनाथ चापागाई र शिक्षीका इन्दिरा लुइटेलले गरेका थिए ।
