प्रणय दिवस विशेष रचना वाचन कार्यक्रम

Read Time:2 Minute, 12 Second

विनोद रखाली मगर 

फागुन १, गल्याङ् – ‘प्रसून साहित्य संगम’ गल्याङ बहुमुखी क्याम्पसको आयोजनामा प्रणय दिवसको अवसर पारी प्रणय विशेष रचना वाचन कार्यक्रम शुक्रबार गल्याङ बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

  स्याङ्जाका युवा साहित्यकार लोकहरि पाण्डे ‘क्षितिज’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रसून साहित्य संगमका पूर्व अध्यक्ष मुक्ति भण्डारी, कलाकारहरु मिलन सापकोटा ,  रेशमराज अर्याल, विक्रम परियार, ज्ञान गोपाल, विष्णु अधिकारी, ढाकाराम भट्टराई, ज्योति विश्वकर्मा, प्रतिमा पाठक, रामु सापकोटा, शिशिर पौडेल, नारायण विश्वकर्मा, साधना न्यौपाने , दिपा वस्याल लगायत दर्जनौ साहित्यिक अनुरागीहरुले आफ्ना श्रृङ्गारिक गीत, कविता, गजल मुक्तक लगायतका रचनाहरु वाचन गरेका थिए ।

कार्यक्रममा प्रसून साहित्य संगमले नियमित रुपमा प्रकाशन गर्दै आएको भित्ते पत्रिकाको समेत प्रकाशन गरिएको थियो । कार्यक्रममा बोल्दै गल्याङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण चापागाईंले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा सिर्जनशीलताको विकास गराउने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानु पर्ने बताए ।

प्रसून साहित्य संगमका अध्यक्ष प्रेम रेग्मीको सभापतित्व र संगमका सदस्य शिव भट्टराईको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रदिप पाण्डे ‘प्रतिकार’ ले संचालन गरेका थिए ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %