उधोग मन्त्रालय निरिह मन्त्रालय जस्ता भो
देब पचभैया
पाल्पा, फागुन १ – उधोग मन्त्री महेश बस्नेतले अबको ३ महिना भित्र संबिधान निर्माण हुने दाबी गरेका छन । सहमतिको नाउमा सरकार बन्दी बन्न नसक्ने भन्दै मन्त्री बस्नेतले बिपक्षीहरु प्रकृयामा नआएपनि संबिधान निर्माण भएरै छाड्ने बताए ।
पत्रकार महासंघ पाल्पाले शुक्रबार तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बिपक्षीको मागलाई पनि सरकारले समेटोस भन्ने जनताको भावनालाई आत्मसात गर्दा केही ढिलो भएको भन्दै सरकार लचिलो भएर ढाडै भाचिने अवस्था आउन नदिन पनि संबिधान जारी गर्नुको बिकल्प नभएको बताए । प्रकृया अघि बढ्दा पनि बिपक्षीहरुको मागलाई संबोधन गर्न सकिने भन्दै आफ्ना गल्ती र कमीकमजोरीलाई स्वीकार गर्दे बार्ताको टेबुलममा आउन बिपक्षीहरुलाई आग्रह गरे । जनताको मतको दुई तिहाई होल्ड गर्ने काग्रेस र एमाले एक ठाउमा उभिनुनै ठुलो सहमति भएको भन्दै आम सहमतिमा कहिल्लै पनि संबिधान जारी गर्न नसकिने बताए।
मन्त्री बस्नेतले लाठी बोकेर २०-३५ जनताको टाउकोमा फेटा बाधेर जनता तर्साउने कुचेष्टा नगर्न बिपक्षीलाई आग्रह गरे ।
उधोग मन्त्रालय फाईल अगाडि बढाउने मन्त्रालय जस्तै भएको भन्दै बजेटको अभाबमा उधोग मन्त्रालय बेकम्मा जस्तै रहेको उनको गुनासो छ । उधोग सम्बन्धी निर्माण भएका एैनहरु परिमार्जित गर्नु आबश्यक रहेको भन्दै मन्त्री बस्नेतले घरेलुकार्यालयलाई उधोग कार्यालयको रुपमा बिकास गर्ने प्रयास भैरहेको जानकारी दिनुभयो ।
सरकार बनेको एक बर्षको अवधीमा लक्ष्य अनुसार १०२ प्रतिशत राजस्व संकलत भएको र बिदेशी तथा स्वदेशी लगानीकर्ताहरु पनि नेपालका लगानी गर्न आतुर भएको भन्दै मन्त्री बस्नेतले बर्तमान सरकारले सफलता पाएको दाबी गरे । पछिल्लो समयमा कृषि र पशुमा लगानी गर्ने युवाहरुको संख्या बृद्धि भएपनि अन्धाधुन्दा रुपमा भएको अहिलेको लगानीले फाईदा भन्दा रेमिटेन्सको दुरुपयोग भैरहेको भन्दै सही योजना निर्माण गरेर मात्रै लगानी गर्न उहाले युवाहरुलाई आग्रह गरे । एक जिल्ला एउटा औधोगिक क्षेत्र , एक निबाचन क्षेत्र एक औधोगिक ग्रामको बिकास गर्दे बन्द रहेका ८ उधोगलाई निजि क्षेत्र संग मिलेर संचालन गर्ने प्रकृयामा रहेको मन्त्री बस्नेतले जानकारी दिए ।
तानसेनमा शुक्रबार देखि शुरु हुन लागेको पाल्पा महोत्सब २०७१ को उद्घाटन गर्न उनि पाल्पा आएको हो ।
