देब पचभैया
पाल्पा, फागुन १ – साढे तिन लाख भारु सहित मुझुङ्ग ८ पाल्पाका दलबहादुर बम्रेल पक्राउ परेका छन् । बम्रेललाई इलाका प्रहरी कार्यलय मुझुङले पक्राउ गरेको इलाका प्रहरी मुझुङका प्रमुख रेशम जिसिले बताए ।
सात महिना अगाडी भारतको पन्जाव अमृत शहरमा काम गर्न गएका बेला उनले आफ्नै मालिकको काउन्टर बाट पैसा चोरेर फरार भएको उजुरी आएपछि प्रहरीले शुक्रबार उनलाई नगद सहिद घर बाटै पक्राउ गरेको हो ।
उनको साथ बाट बरामद भएको रकम जिल्ला प्रहरी कार्यलय पाल्पामा रहेको प्रहरीले जानकारी दिएको छ ।
