कपालमा रातो कफन र हातमा काठको लठ्ठि लिएर यूबाहरू अधिकारको लागी लठ्न तयार ।
राज्यसत्ता ,
काठमाडौ, माघ २९ – जातीय मुक्तिको मुद्दाको लागी स्थापना गरिएका सात वटा पार्टीको गठबन्धनमा अवद्द दलका युवाहरूको साझा संगठनको रूपमा पहिचानवादी युवा शक्ती घोषणा भएको छ ।
पहिचान बिरोधीहरूलाइ जनस्तरबाटै सामाजिक कारवाही गरिने घोषणाका साथ यो संगठनको निर्माण गरीएको हो ।
‘आन्दोलनको तेस्रो चरणमा केन्द्रमा संघीय सरकार घोषणा गरिनेछ । र, राष्ट्रसंघ सहित विश्व शक्तिबाट त्यस सरकारको वैधानिकता खोजिनेछ,’ प्रचन्डले भने-‘ ‘सबैलाई सोध्नेछौं । सहमति/सम्झौता उल्लघंन गर्ने सरकार वैधानिक कि? शान्ति सम्भौता मान्ने सरकार वैधानिक ?’ उनले विश्व शक्तिले आफूहरुले बनाएको सरकारलाई मान्यता दिने दावी गरे ।
बिहीबार पहिचानवादी युवा शक्तिको घोषणा कार्यक्रममा बोल्दै दाहालले फागुन-१६ सम्म पहिलो चरणको खबरदारी र त्यसपछि क्रियात्मक आन्दोलन सुरु गरिने बताए । उनले क्रियात्मक आन्दोलनमा नाकाबन्दी, सरकारी कार्यालय कब्जादेखि प्रादेशिक सरकारको गठन र अन्तिममा केन्द्रीय सरकार गठनको कार्यक्रम रहने उल्लेख गरे ।
आन्दोनलका लागि युवा शक्तिलाई तयार रहन आग्रह गर्दै उनले फागनु-१६ को जनप्रदर्शनमा २० हजार, त्यसपछिको दोस्रो चरणमा २ लाख र तेस्रो चरणमा १० देखि १५ लाख संगठित युवा दस्ता तयार गरि परिचालन गरिने बताए ।
‘यसअघि भएका उपलब्धी र परिवर्तनहरु दोस्रो संविधानसभामा आएर धरापमा परेको छ । जनताको योगदान,त्याग र तपस्या खेर जाने त होइन ? उपलब्धीहरु गुम्ने त होइन ? भन्ने खतरा पैदा भएको छ,’ उनले भने-‘अबको युद्ध पूराने तरीकाको होइन । सबैमा लैङ्गकि जागरण आइसकेको छ । एक पटक सबै सडकमा आए जित निश्चित छ ।’
कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आदिवासी जनजाति आन्दोलनका संयोजक पद्यरत्न तुलाधरले संयुक्तरुपमा युवा शक्ति गठनको घोषणा गरेका हुन् ।उनिहरूको उपस्थितिमा सार्वजनिक गरिएका युवा दस्ताले टाउको रातो फेटा बाँधेको र हातमा लठी बोकेका थिए । ‘टाउकोमा रातो फेटा देख्दा जनयुद्धको तयारी जस्तो देखिए पनि अहिले त्यो स्थिति छैन,’ दाहालले भने-‘जनयुद्धकाल जस्तो हान र भागको नीति अहिले लिन आवश्यक छैन । तपाईहरुको लाठी नै काफी छ ।
‘३० दलीय मोर्चामा आवद्ध ७ दलले युवा दस्ता बनाएको हो । गठन भएको युवा शक्तिलाई पहिचान विरोधी शक्तिहरुलाई ठेगान लगाउन प्रयोग गरिने भएको छ । ती युवालाई रातो कफन र हातमा लाठी दिएर देशभर खटाइने मोर्चाको दाबी छ ।
पहिचानवादी युवा शक्तिको घोषणापत्र सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले सार्वजनिक गरेका थिए ।











