विनोद रखाली मगर
स्याङ्जा , माघ २७ – स्याङ्जाको तेस्रो व्यापारीक केन्द्र गल्याङ् वजारमा पुन: ६ महिने निशुल्क प्लम्विङ् तालिम सन्चालन भएको छ ।
स्व: मनोज राना मगर स्मृती प्रतिस्ठान गल्याङ्को आयोजना र नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय व्यवसायीक तथा सिप विकाश तालिम केन्द्र पोखराको सहयोगमा सन्चालनमा आएको हो । तालिमको उद्धघाटन गर्दै सविंधानसभाका सदस्य मुक्ति प्रसाद पाठकले युवा पुस्तालाई स्वदेशमै रहेर स्वरोगगार हुनमा तालिम कोशे ढुङ्गा सावित हुने जिकीर गरे ।
पाठकले सरकारले वेरोजगारी युवा लाई रोजगार प्रदान गर्न तालिमले महत्वपूर्ण भुमिका खेल्ने वताउदै तालिम व्यवहारिक वनाउन प्रशिक्षार्थीलाई आग्रह गरे । तालिम उद्धघाटन कार्यक्रममा नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय व्यवसायीक तथा सिप विकाश तालिम केन्द्र पोखराका निमित्त प्रमुख तुलसी प्रसाद पौडेल , प्रशिक्षक कृष्ण थापा , समाजसेवि कोमलनाथ शर्मा , स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ गल्याङ् इकाईका सभापति लेखनाथ भट्टराई लगाएतले तालिम निकै वहुउपयोगी रहेको चर्चा गर्दै प्रशिक्षार्थीलाई तन मन लगाई सिप सिकी स्वदेशमै रोजगारमुखी हुन आग्रह गरे ।
वङ्गुर पालन कृषक सहकारी सस्ंथाको सभाहलमा ६ महिना सम्म निशुल्क रुपमा सन्चालन हुने तालिममा कृष्ण थापा लगाएतको समुहले तालिम प्रदान गर्ने वताइएको छ । तालिममा २० जना युवा तथा युवतिहरुको सहभागिता रहेको छ ।
स्व: मनोज राना मगर स्मृती प्रतिस्ठानका सचिव छविवाल भुषालको स्वागत सङ्गै सुरु भएको उद्धघाटन समारोह सस्ंथाका उत्प्रेरक चन्द्रकला सापकोटाको सन्चालन र सस्ंथाका अध्यक्ष मुक्तिश्वर राना मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।
