गोविन्द घर्ती
रुपन्देही माघ २५ । देवदह नगरपालिकाको दोश्रो नगर परिषद सम्पन्न भएको छ । नगर परिषदमा नगर पालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले आर्थिक बर्ष २०७२/०७३ का लागि कुल ७ करोड २३ लाख ९७ हजार ९ सय १६ रुपैयाको बजेट सार्वजनिक गरका छन । परिषदमा प्रशासनीक तर्फ १ करोड २६ लाख ४० हजार ५ सय र विकास तर्फ ५ करोड ९७ लाख ५७ हजार ४ सय १६ रुपैया रहेको छ ।
सो अवसरमा बोल्दै क्षेत्र नं १ रुपन्देहीका सभासद अब्दुल रज्जाकले देवदह क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिएमा देवदहको विकास द्रुत गतिमा हुने बताए । देवदहको भौतिक, आर्थिक, सामाजिक विकासको लागि आफु सदैव लागि रहने प्रतिवद्धता व्यक्त गरे । फरक प्रसंगमा बोल्दै सभासद रज्जाकले सहमतिय आधारमा संविधान बन्नै नसक्ने बताउदै प्रक्रियामा जानुको विकल्प नभएको बताए । नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका रज्जाकले आन्दोलन गरेर भन्दा पनि संविधान निर्माण गरेर जनताको मन जित्नु पर्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै अर्का वक्ता लुम्विनी विकास कोषका पुरातात्विक विद् कृष्ण केसीले ऐतिहासिक हिसावले देवदह क्षेत्र महत्वपूर्ण क्षेत्र भएकोले देवदहले क्षेत्रमा रहेका पुरातात्विकहरुको उत्खनन् गर्नु पर्ने बताएका छन । देवदह क्षेत्रमा रहेका पुरातात्विक क्षेत्रमा उत्खनन् गर्न सके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए ।
देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगर पालिकाका अधिकृत विजयदेव भूर्तेल, नेपाली कांग्रेसका महासमिति सदस्य मणिप्रसाद शर्मा, नेकपा एमाले रुपन्देहीका जिल्ला सचिवालय सदस्य धु्रव खरेल, राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य दलबहादुर विरकट्टा, नेकपा–माओवादी क्षेत्रीय ईञ्चार्ज नमराज पुरी, एनेकपा माओवादीका प्रजापति सापकोटा, राप्रपाका पूर्ण चन्द्र भुषाल, नेकपा एकीकृत जिल्ला कमिटी अध्यक्ष केजी कुमार पौडेल, राप्रपा नेपाल देवदहका अध्यक्ष ऋषिराम रेग्मी, राष्ट्रिय जनमोर्चा पार्टी देवदहका अध्यक्ष पुरुषोत्तम कंडेल, देवदह आर्दश बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, केरवानी उपस्वास्थ्य चौकीका प्रमुख ईश्वरीप्रसाद ढुंगााना, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, ज्ञानीसरा राना लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा पुर्व नगरअधिकृत टेकराज भट्टराई, युगज्योति मावि, केरवानी उच्च माविलाई सम्मान गरिएको थियो । मित्र बहादुर थापाको स्वागत र सृजना सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
