राष्ट्रिय युवा जनस्वयंसेवकद्वारा प्रजिअलाई ज्ञापनपत्र

Read Time:4 Minute, 24 Second

सुकुम्बासीलाई विनाविकल्प नहटाउन चेतावनी

रूद्र श्रीसमगर

पोखरा, २५ माघ – नेकपा–माओवादीनिकट युवा सँगठन राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई पोखराका स्थानीय समस्यासहित विभिन्न माग समेटिएको नौ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय, कास्की पुगेर ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीका अध्यक्ष नवीन गुरुङले ज्ञापनपत्रमा समेटिएका माग तत्काल सम्बोधन गर्न माग गरे ।

प्रमुख जिल्ला अधिकारी पोखरा बाहिर रहेकाले सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले सो ज्ञापनपत्र बुझेका थिए । ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ गौतमले आफूले ज्ञापनपत्र प्रजिअलाई दिने र स्थानीय स्तरमा गर्न सकिने माग पूरा गर्न पहल गर्ने बताए ।

ज्ञापनपत्रमा पोखरा बसपार्क बनाउने नाममा लामो समयदेखि त्यस क्षेत्रमा बसोबास गर्दै आइरहेका सुकुम्बासीहरूलाई विनाविकल्प हटाउने जुन दुस्साहस घोर आपत्ति प्रकट गर्दै पोखरा बसपार्कको निर्माणका नाममा बसपार्क क्षेत्रका सुकुम्बासीहरूलाई विनाविकल्प हटाउन नहुने, पोखरा बसपार्कलगायत अन्य क्षेत्रमा बसोबास गर्दै आइरहेका सम्पूर्ण सुकुम्बासीलाई बिजुलीको मिटर तथा खानेपानीको धारा र टोल विकास संस्था वा परिचयपत्र वा घर नं. को नाममा नागरिकता वितरण गर्ने तत्काल व्यवस्था गरिनुपर्ने, भ्रष्टाचार, गुण्डागर्दी, पेट्रोलियम पदार्थ, ग्यासको कृत्रिम अभाव तत्काल नियन्त्रण गरी सहज आपूर्तिको व्यवस्था गरिनुपर्ने, ग्यासको कृत्रिम अभाव सिर्जना उपभोक्ता ठगी गर्नेहरूलाई छानविन गरी तत्काल कडा भन्दा कडा कारबाही गरिनुपर्ने माग समेटिएका छन् ।

त्यस्तै, पोखरा सभागृहलाई व्यवस्थापन गर्ने भनी कथित सार्वजनिक–निजी साझेदारीका नाममा बतास ब्रदर्शसँग भएको सर्वसाधारण जनताको पहुँचभन्दा बाहिरको सम्झौता तत्काल खारेज गरी पोखरा सभागृहलाई सर्वसाधारणको पहुँचमा ल्याइनुपर्ने, कास्कीका सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिइनुपर्ने, पोखरा पर्यटन बसपार्कको स्तरोन्नति गर्न सरोकारवाला निकायले ध्यान दिइनुपर्ने, कास्कीमा भएको खानेपानी समस्या तुरुन्त समाधान गरिनुपर्ने, फेवाताल, बेगनास ताललगायतका तालहरूको संरक्षणमा विशेष ध्यान दिइनुपर्ने, ताल अतिक्रमण रोक्न तत्काल पहल गरिनुपर्ने र युवा वर्गलाई राज्यद्वारा विशेष तरिकाले सम्बोधन गरिनुपर्ने तथा बेरोजगार युवाहरूलाई देशमै बसी काम गर्ने अवस्था सिर्जना गरिनुपर्ने माग सो ज्ञापनपत्रमा समेटिएका छन् ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा नेकपा–माओवादी कास्की क्षेत्र नं. २ का संयोजक अशोक छन्त्याल ‘अर्जुन’, क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी ‘राजन’लगायत राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीका सम्पूर्ण जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू समेत थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %