दिपा आलेमगर
नेपाल गन्ज, माघ २५ -“बहुभाषिक शिक्षा, पहिचान सहितको संघीय संविधान, मगरात स्वायत्तताको पक्षमा आठौं जिल्ला अधिवेशन” भन्ने मूल नारा सहित नेपाल मगर विद्यार्थी संघ सुर्खेत कार्य समितिको आठौं जिल्ला अधिवेशन २४ गते विरेन्द्र नगर सुर्खेतमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगरले गर्नु भएको थियो ।
उद्घाटन सत्रमा नेपाल मगर संघ केन्द्रीय समितिका सदस्यहरु इमानसिंह रानामगर, सपना रानामगर, हिमाल घर्तिमगर, मगर संघ सुर्खेतका अध्यक्ष टोपबहादुर दलार्मीमगर, आदिबासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष पूर्णबहादुर रानामगर, आदिबासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुंग, नेपाल मगरविद्यार्थी संघका निर्वतमान सचिव डम्मर गरम्जांमगर, पूर्व केन्द्रीय सदस्य प्रकाश सारु मगर, रेशम रानामगर, नेपाल महिला मगर संघ सुर्खेतका अध्यक्ष अनिता थापामगर, राष्टिय आदिबासी सुर्खेत शिक्षा क्याम्पसका सा.प्र. हरि थापागमरजनजाति महिला महासंघका सुर्खेतका अध्यक्ष कृष्णा वंशीमगर, अनिजका पूर्व जिल्ला अध्यक्ष नन्द गलांग मगर, फोनिजका अध्यक्ष अशोक राजी, बर्दिया जिल्ला मगर विद्यार्थी संघका उपाध्यक्ष शुनिल थापामगर लगायतले बहुभाषिक शिक्षा र पहिचान सहितको संघीय संविधान मगरात स्वायतत्तताका विषयमा बोलेका थिए ।
पहिलो सत्रको अध्यक्ष सुर्खेत जिल्ला समितिका अध्यक्ष खडक थापागमरले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तब्य उपाध्यक्ष रोशन रानामगरले गरे र कार्यक्रम सञ्चालन सहसचिव मदन सारुमगरले गरेका थिए ।
उद्घाटन सत्र सम्पन्न भए लगतै बन्द सत्र सुरु भएको थियो । बन्द सत्रका प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगरले गरेका थिए । आठौं जिल्ला अधिवेशनले रोशन रानामगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
निर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगरले टिका, मालाका साथ प्रमाण प्रत्र दिएर सफल कार्यकालको शुभकामना बधाई दिएका थिए ।
बन्द सत्रको अध्यक्षता मगर संघ सुर्खेतका अध्यक्ष टोपबहादुर दलार्मी मगरले गरेका थिए । नव निर्वाचित कार्य समितिको नेतृत्व जिल्लामा १ वर्ष तोकिएको संघको विधानले पारित गरेको छ ।

