बँगुर पालन सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न

Read Time:2 Minute, 56 Second

विनोद रखाली मगर

स्याङ्जा , माघ २५ – स्याङजाको जगत्रदेवी ८ तल्लो बजारमा रहेको बंगुर पालन सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गदै पशु सेवा केन्द्र गल्याङका प्रमुख श्रीदेब चौधरीले पशु पंक्षीमा लाग्न सक्ने रोग , त्यसको रोकथानका लागि अपनाउन सक्ने उपायहरको बारेमा बोल्दै कार्यक्रमको शुभकामना समेत व्यक्त गरेका थिए । कार्यक्रममा सहकारी संस्थाका संयोजक पदमबहादुर गाहा मगर, मत्क्ष्य पालन सहकारी संस्थाका उपाध्यक्ष छविलाल भूषाल, साना किसान तथा सहकारी संस्था का अध्यक्ष धनमाया वि.क., सल्लाहकार खेमबहादुर राना मगर लगाएतले बोलेका थिए ।  

कार्यक्रममा सहकारीका प्रबन्धक मुक्तिश्बर राना मगरले ६० लाख बराबरको आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रमले रामबहादुर थापा मगरको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा सुवेदार होमबहादुर राना मगर, सचिवमा डोलबहादुर थापा मगर, सहसचिवमा दुर्गाबहादुर थापा मगर, कोषाध्यक्षमा विनोद राना मगर तथा सदस्यहरुमा रामबहादुर थापा मगर, श्रीमती गंगा माया राना मगर, सुनमाया वि.क, पूर्व इनेस्पेक्टर खड्कबहादुर राना मगर, कृष्ण कुमार गुरुङ र देवबहादुर बुढा मगर रहेका छन् ।

लेखासमितिका संयोजक कुमार राना मगर, सदस्यहरुमा चन्द्रबहादुर लामिछाने मगर, रामबहादुर सिंजाली मगर रहेका छन् । त्यसै गरी ऋण लगानी उपसमितिको संयोजकमा कृष्ण माया राना मगर, सदस्य कृष्ण कुमारी थापा मगर, देउबहादुर राना मगर तथा सल्लाहकार समितिको संयोजकमा पदमबहादुर गाहा मगर र सदस्यहरुमा सुवेदार. चन्द्रबहादुर रखाली मगर, नरबहादुर राना मगर, सुवेदार खेमबहादुर राना मगर, निलम्बर राना मगर, थमबहादुर थापा मगर, दानबहादुर थापा मगर रहनु भएको आयोजकले जानकारी दिएका छन् ।  

कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष रामबहादुर थापा मगर, स्वागत मन्तव्य उपाध्यक्ष सुवेदार होमबहादुर राना मगरले र संचालन सचिव डोलबहादुर थापा मगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %