काङ्ग्रेस,ऐमाले बहुमत र प्रकृया बाट गले, बिपक्षलाइ गुहारे

Read Time:5 Minute, 50 Second

‘माघ ५ गतेको विन्दुबाटै वार्ता थालौं’

राज्यसत्ता,

काठमाडौं, माघ २५ – प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभा बैठक बहिष्कार गरेर आन्दोलनमा निस्किएका एमाओवादीसहित विपक्षी दललाई वार्तामा बोलाएका छन् ।

लिखित पत्र पठाउँदै प्रधानमन्त्रीले एमाओवादी, मधेस केन्द्रित र साना दललाई वार्तामा बोलाएका हुन् । प्रधानमन्त्रीले माघ ५ गतेकै सहमतिबाट अगाडि बढ्नसमेत विपक्षीलाई अपील गरेका छन् ।

‘प्रमुख प्रतिपक्षी एमाओवाद तिथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायतका राजनीतिक दलहरु संविधान निर्माणको प्रक्रियाबाट अलग रहेर आन्दोलनको कुरा गरिरहेको अवस्था छ,’ संविधानसभामा रहेका सबै राजनीतिक दल र तिनका नेताहरुलाई  प्रधानमन्त्रीले आहृवान गरेका छन्, ‘आफ्नो राष्ट्र र जनताप्रतिको मूल कर्तव्यलाई ध्यानमा राखी हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री सँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अबिलम्ब सार्थक वार्ता सुरु गरौं ।’

प्रधानमन्त्री कोइरालाले माघ ५ गतेकै सहमतिको विन्दुबाट अगाडि बढ्न पनि अपील गरेका छन् । ‘गत माघ ५ गतेदेखि सहमति नजिक पुगिसकेका विषयलाई अघि बढाऔं,’ पत्रमा प्रधानमन्त्रीले लेखेका छन्, ‘छिटोभन्दा छिटो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गरी सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकलाई राजनीतिक स्थायित्व र प्रगतिको दिशातर्फ लैजान अग्रसर बनौं ।’

आफूले चुनेका प्रतिनिधिद्वारा निर्मित संविधानको आधारमा देशको शासन सञ्चालन गर्ने नेपाली जनताको २००७ सालदेखिको चाहना अझै अधूरै रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत केही समयदेखि कायम रहेको सङ्क्रमणकाल लम्बिदै जाँदा मुलुक र जनताले हासिल गर्न सक्ने आर्थिक समृद्धिको सम्भावना समेत अन्योलमा परेको बताएका छन् ।

प्रधानमन्त्रीले देशका जिम्मेवार राजनीतिक दल र व्यक्तिहरुले देशलाई निकास र जनतालाई विकास दिन अग्रसर हुनुपर्ने उल्लेख गर्दै चालु संविधान निर्माण प्रक्रियालाई ढिला गर्न नहुनेमा जोड दिएका छन् ।

त्यस्तै प्रधानमन्त्रीले वार्तामा बोलाएकै दिन माघ २५ गते नेकपा एमालेले पनि सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने भएकाले संवादको प्रक्रियामा सामेल हुन विपक्षीलाई आग्रह गरेको छ ।

बल्ल एमालको चेत खुलेको र स्थायी समितिको बैठकले सहमतिविना अघि बढदा स्थिति जटिल बन्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले गरेको लिखित आह्वानलाई सकारात्मक रुपमा लिदै वार्तामा आउन विपक्षी मोर्चालाई ध्यानाकर्षण गराएको छ  ।

उस्ले भनेको छ ‘स्थिति जटिल बन्दै छ त्यसैले सहमतिबाटै जानुपर्छ भन्ने  हाम्रो निष्कर्ष छ’ आइतबारको स्थायी समिति बैठकपछि  उपाध्यक्ष युवराज ज्ञवालीले भने,’ प्रधानमन्त्रीले जुन आह्वान गर्नु भएको छ यो सकारात्मक छ ।’ एमालेको स्थायी समितिको शनिबारको बैठकले पनि एमाओवादी सहित विपक्षी मोर्चालाई  सहमतिका लागि आह्वान गरेको थियो ।

 ‘एमाओवादीको गतिविधि बेग्लै ढंगले अघि बढेको देखिन्छ, यसलाई रोकेर संविधान सभा भित्रका शक्तिहरु एक हुनुपर्छ भन्ने पनि हाम्रो धारणा हो’ उपाध्यक्ष ज्ञवालीले भने ।  संविधान सभाबाट संविधान जारी गर्ने प्रक्रियाका लागि धेरे लामो  समय अब खर्चिन नसक्ने भएकाले  छिट्टै सहमतिमा आउनुपर्ने एमालेको जोड छ । एमालेको आन्तरिक कार्यविभाजनका लागि शनिबार बोलाएको बैठक त्यो बिषयमा प्रवेश नभएपनि आइतबार पुन बसेको थियो ।

 तर आइतबारको बैठकले पनि कार्यविभाजनको एजेण्डालाई फागुन ३ गते टुंग्याउने गरी समसामयिक राजनीतिबारे नै समिक्षा गरेको थियो । गत  असारमा महाधिवेशन भए पनि एमाले केन्दि्रय समितिका नेताहरुको  हालसम्म कार्यविभाजन भएको छैन । कार्यविभाजनको टुंगो लगाउने जिम्मा  केन्दि्रय समितिले स्थायी समितिलाई दिएको थियो कान्तिपुरले समचार छापेको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %