विनोद रखाली मगर
स्याङ्जा , माघ २४ – स्याङजाको मल्याङकोट गाविस वडा नं. १ दार्सीङमा सामुदायीक वडाङका वन उपभोक्ताभेला सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटनगर्दै इलाका वन कार्यलय मल्याङकोट प्रमुख हेमलाल न्यौपानेले कार्यकाल सफलताको शुभकामना दिए। उनले आर्थीक प्रतिवेदन तयार पार्नुपर्ने, र श्रवण महिना भित्र आर्थीक विवरण पेश गर्नुपर्ने बताए ।
त्यस्तै वनकोलागी भनेर गरीएको अनावशयक खर्च कटौती गर्नुपर्ने,सुकेका र ढलेका रुख मात्रै काट्नुपर्ने र सामुदायीक वडाङका वन विकासको लागी प्राविधीक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा सामुदायीक वडाङका वनका पुर्व अध्यक्ष अजुन कुमार खाँड,नेपाली काग्रेस क्षेत्रीय सचिव विक्रम सारु,मल्याङकोट प्रहरी प्रमुख ठाकुर अधिकारी,राप्रपा नेपाल मल्याङकोटका अध्यक्ष खिमबहादुर खाँड लगाएतले शुभकामना दिए ।
कार्यक्रममा सामुदायीक वडाङका वनका कोषाध्यक्ष भिमबहादुर थापाले आर्थीक वर्ष २०७१ ७२ को ६६ लाख छ सय ३५ रुपैया बराबरको आर्थीक विवरण प्रश्तुत गरे । सामुदायीक वडाङका वनका अध्यक्ष बमबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष बलराम गीरीले र सञ्चालन सचिव राजकुमार मल्लले गरेको मल्याङकोट बाट हाम्रा प्रतिनीधी सुर्यकुमार पौडेलले जानकारी गराएका थिए ।
