विनोद रखाली मगर
स्याङ्जा , माघ २४ – फेर्च नमखान महिला समुह तुलसी भञ्ज्याङ – ८ भाटी , स्याङ्जा को पाचौँ वार्षिकोत्सव तथा भवन निर्माण अभियान सम्पन्न भएको छ ।
कार्यक्रमको उद्धघाटन गर्दै गल्याङ वचत तथा ऋण सहकारी संस्था गल्याङका प्रबन्धक ओमबहादुर थापा मगरले महिला आमा समुहको सामाजिक सेवामा सक्रियताले समाज परीवर्तनमा महत्वपूर्ण भुमिका खेल्ने वताउदै फेर्च नमखान महिला समुहको रचनात्मक क्रियाकलापको अन्य महिला समुहले पनि सिक्नु पर्नेमा जोड दिए ।
मगरले समाजलाई अझै प्रभावकारी बनाउदै सामाजिक कार्यलाई निरन्र्तता दिदै नमुना आमा समुहको रुपमा आफूलाई उभ्याउन आग्रह गरे । थापाले ग्रामिण क्षेत्रका महिलाहरु एकजुट भै समाजिक कार्यमा एकताका साथ अगाडी बढेको बताउदै विकास निर्माणमा एकताका खाचो भएको वताए ।
कार्यक्रममा तुलसी भञ्ज्याङ गाउँ कार्य सन्चालनका अध्यक्ष तथा गाविस सचिव दशरथ उपाध्याय, नेकपा एमाले तुलसी भञ्ज्याङ गाउँ कमिटी अध्यक्ष तिर्थकुमार थापा मगर, स्याङजा जिल्ला उघोग वाणिच्य संघ इकाइ समिति गल्याङका सभापति लेखनाथ भट्टराई, नेकपा एमाले जगत्रदेवी गाउँ कमिटीका अध्यक्ष किसान श्रेष्ठ, युवा संघ नेपाल स्याङ्जाका सचिव दलबहादुर सिंजाली मगर , तुलसी भञ्ज्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद भण्डारी, गल्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार श्रेष्ठ, नेपाल मगर संघ गल्याङ इकाइ समितिका अध्यक्ष जयसिँह राना मगर, लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर, लाङघाली युवा क्लवका अध्यक्ष छविलाल गाहा मगर, समाजसेवी देउबहादुर सोमैं मगर, सुवेदार कुविर जँग गाहा मगर, गिरबहादुर सोमैं मगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
मगर वस्ती रहेको भाटी गाउँमा सन्चालित उक्त कार्यक्रममा मगर जातीका भाषा , भेषभुषा, कला संस्कृति झल्कने विभिन्न सालैजो , कौरा, तथा रोधी कार्यक्रमको समेत विशेष प्रदशन गरिएको थियो । ग्रामिण क्षेत्रमा विभिन्न विकाश निमार्ण र रचनात्मक कार्यमा क्रियाशिल स्याङ्जाकै नमुना फेर्च नमखान आमा समुहले करिव १ करोडको लागतमा आफ्नै भवन निमार्ण गरेको छ । उक्त भवन निमार्ण कार्यलाई अगाडी वढाउन समेत आर्थिक सङ्कलन कार्य तिव्र पारीएको समितिका अध्यक्ष छमिसरा थापा मगरको भनाई छ ।
पाचौँ वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता फेर्च नमखान महिला सुमहकी अध्यक्ष छमिसरा थापा मगरले गरेको कार्यक्रमको स्वागत मन्तव्य पार्वती पल्ली मगर र संचालन सचिव सुमित्रा थापा मगरले गरेकी थिइन् ।
