पाल्पाको रामपुरमा ओकेबाजे कप भलिवल प्रतियोगिता

Read Time:1 Minute, 22 Second

विनोद रखाली मगर  

पाल्पा , माघ २४ – पाल्पाको रामपुरमा ओकेबाजे कप भलिवल प्रतियोगिताको उपाधि छात्रतर्फ जन विकास उच्च मावि र छात्रातर्फ राधाकृष्ण उच्च माविले जित हात पारेको छ ।

रामपुर नगरपालिका वडा नं. ३ खयरबोटको ओकेबाजे रंगशालामा संचालन भएको मावि स्तरिय ओकेबाजे कप भलिवल प्रतियोगिताको छात्रतर्र्फ जन विकास उच्च माविले कृष्णादेवि माविलाई हराउदै उपाधि हात पारेको हो ।   

त्यस्तै छात्रातर्फ राधाकृष्ण उच्च माविले बालहित माविलाई हराउदै जित हात पार्न सफल भएको छ । जापानीज समाजसेवी काजु मासा का किमी ओकेबाजे र डाक्टर हिरी कका ओडाको सहयोग र जन उत्थान परिषद् गाँडाकोटको आयोजनामा प्रतियोगिता संचालन भएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाइ ८ हजार, द्धित्तिय हुनेलाइ ५ हजार पुरस्कार कप र प्रमाण पत्र प्रदान गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %