स्याङ्जाको चापोटमा नागरिक सुनुवाई

Read Time:2 Minute, 7 Second

विनोद रखाली मगर

स्याङ्जा , माघ २३ – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चापाकोट नगरपालिका ७ मा शुक्रवार नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।

आफुले गरेको कामको नागरिकलाई जानाकारी गराउने र जन गुनासो सुन्ने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब उपरिक्षक बुद्धिराज गुरुङले अपराधिलाइ कानुन बमोजिम कारवारी हुने बताए । उनले प्रहरी र जनता हातेमालो गरेर अगाडी गर्नुपर्ने बताए ।

कार्यक्रममा चापाकोट नगरपालिकाका कार्यकारी अधिकृत गोपी कृष्ण अर्याल, शान्ति समिति चापाकोटका अध्यक्ष कमल राज ढुगांना, नेपाली काग्रेसका जिल्ला सदस्य गायत्री आचार्य, चापाकोट स्वास्थ्य चौकिका प्रमुख बिन्दुराज कोइराला, चापाकोट ब्यवस्थापन समितिका अध्यक्ष हिरण्यलाल आचार्य लगायतले प्रहरी र जनता बिच नङ् र मासु बराबरको सम्पन्ध हुनुपर्ने बताएका थिए । कार्यक्रममा देबका भट्राई, बिष्णु प्रसाद आचार्य, खगेश्वर भट्राई, टिकाराम श्रेष्ठ, गोपीकृष्ण भट्टराई, तारा प्रसाद भट्टराई, राम बस्याल, उत्तम आचार्य लगायतले गुनासो पोखेका थिए ।

स्थानिय समाजसेवी भेषराज बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सामाजिक परिचालिका शान्ति कुमारी श्रेष्ठले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %