विनोद रखाली मगर
स्याङ्जा , माघ २३ – अकला आवाज राष्ट्रिय साप्ताहीक पत्रीका बायटारीको आयोजनामा ७ दिने नेतृत्व विकास रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम आजबाट सम्पन्न भएको छ ।
क्रियटिभ कम्प्युटर इन्स्टीच्युट बायटारीको संयोजनामा तालिम भएको थियो । तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघ स्याङजाका सभापति प्रकाश डोटेलले तालिमले मानिसमा रहेको भित्री भावनाहरुलाई प्रस्फुटन गरी आफुप्रती लुकेर रहेका कुराहरुलाई बाहिर निकाल्नमा अवश्य पनि सहयोग पुर्याउने बताए । उनले नेपाल पत्रकार महासंघ स्याङजाले गर्न खोजेको तालिमलाई अकला आवाजले गरेको पहलकदमी गरेकोमा प्रशंसा व्यक्त गरे । सभापति डोटेलले नेपाल पत्रकार महासंघले अकला आवजसँग सहकार्य गरेर ग्रामिण भेगमा यस्ता किसीमका तालिमहरु छिट्टै सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।
अकला आवाजले पाँचौ चरणमा छिट्टै वालिङ, गल्याङ, मिर्मी र स्याङजामा पनि तालिम सञ्चालन गर्ने तयारीमा जुटेको अकला आवाजका कार्यकारी सम्पादक शिव डुम्रेले जानकारी दिए । अबका दिनमा अकला आवाजले महिलाहरुको लागि ब्युटिसीयन तथा युवा स्वरोजगार तालिमको आयोजना गर्ने आयोजकले जनाएको छ ।
तालिमबाट १५ जनालाई उत्कृष्टलाई जिल्लाका विभिन्न सञ्चार माध्यमहरुमा पाठाइने छ भने अरु बाँकीलाई पनि विभिन्न सञ्चार माध्यमहरुमा पठाइने आयोजकले जनाएको छ । समापन कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रिय सदस्य टिकाराम अधिकारी, लक्ष्मी टेलीभीजनका समाचार प्रमुख विनोद रखाली मगर, सामुदायिक रेडियो वालिङका समाचार सम्पादक अमृत पौडेल, अनेराश्ववियु क्रान्तीकारी जिल्ला उपाध्यक्ष मोहन सापकोटा, प्रशिक्षार्थीहरु देवी गाहा, इन्द्रा कुमारी खत्री, निशा गैह्रे, ज्ञान प्रसाद गैह्रे, उदयराज डुम्रे, रामु सुवेदी लगायतले बोलेका थिए ।
तालिम ७ दिनसम्म सैद्धान्तीक र १५ दिनसम्म प्रयोगात्मक रुपमा चलेको थियो । तालिममा ७३ जनाको सहभागिता रहेको छ । तलिमको प्रशिक्षक जिल्ला तथा केन्द्रीय स्तरका पत्रकारहरुबाट भएको हो । तालिम समापनको अवशरमा प्रशिक्षक हरु , स्याङ्जा जिल्लाकै पहिलो टेलिभिजन लक्ष्मी टेलिभिजनलाई सम्मान गरीएको थियो ।
अकला आवज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक प्रकाश डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कार्यकारी सम्पादक शिव डुम्रे र सञ्चालन सम्पादक मोहन गुरुङले गरेका थिए ।
