विनोद रखाली मगर
माघ २०, गल्याङ
स्याङ्जाका विभिन्न प्रहरी चौकीमा कार्यरत प्रहरी जवानहरुको हवल्दार पदमा वढुवाका आधारमा आज जिल्ला प्रहरी कार्यालय स्याङजा र वडा प्रहरी कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरीएको छ ।
वडा प्रहरी कार्यालय वालिङ्मा प्रहरी चौकी गल्याङ्मा कार्यरत लोकेन्द्र श्रेष्ठ, प्रहरी चौकी दहथुममा कार्यरत खड्ग वहादुर महत, वडा प्रहरी कार्यालय वालिङ्मा कार्यरत शेर वहादुर क्षेत्री, र चित्र वहादुर भण्डारी लाई जेष्ठता, शैक्षिक योग्यता तथा तालिमका आधारमा प्रहरी प्रधान कार्यालयको वढुवा कार्यक्रम अन्तरगत आज हवल्दार पदको दर्ज्यानी चिन्ह प्रदान गरीएको हो ।
वडा प्रहरी कार्यालय वालिङ्मा प्रहरी निरिक्षक विजय राज पण्डितले वढुवा भएका ४ हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । यता जिल्ला प्रहरी कार्यालय स्याङ्जा अन्तरगत ५ जना हवल्दार लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुखले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
