पिडीखोला अपाङ्ग समाजको तेस्रो साधारण सभा तथा सचेतना गोष्ठि सम्पन्न

Read Time:3 Minute, 19 Second

विनोद रखाली मगर

माघ २०, गल्याङ

पिडीखोला अपाङ्ग समाजको तेस्रो साधारण सभा सचेतना गोष्ठि सङ्गै सम्पन्न भएको छ । सभाको उद्धघाटन गर्दै जिल्ला अपाङ्ग समिति स्याङ्जा का सस्थांपक अध्यक्ष युवराज पराजुलीले अपाङ् हुनु रहर नभई वाध्यता रहेको भन्दै अपाङ्ग भएका व्यक्ति लाई समाजले हेर्ने दृष्टिलाई परिवर्तन गराउन आवश्यक रहेको कुरामा जोड दिए ।

उनले अपाङ्ग व्यक्तिले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने भन्दै विभिन्न तालिम, सेवा सुविधाको माग समेत गरे । कार्यक्रममा जिल्ला अपाङ्ग समिति स्याङ्जा का सचिव रामचन्द्र शर्मा पोखरेल, सदस्य नारायण भण्डारी, नरोदय उच्च मा वि स्रोत केन्द्रका स्रोत व्यक्ति हिमलाल न्यौपाने, नरोदय उच्च मा वि का प्राचार्य प्रेम शर्मा पौड्याल, प्रहरी चौकी पिडीखोलाका प्रमुख गुरु प्रसाद न्यौपाने, पिडीखोला स्वास्थ्य चौकीका प्रमुख इश्वर श्रेष्ठ, नेकपा एमालेका क्षेत्रिय सदस्य देवलाल पाण्डे, नेपाली काङ्ग्रेस पिडीखोलाका सभापति जायश्वर पाण्डे, नेकपा एमालेका भिम प्रसाद पौड्याल, एमाओवादीका तिलक भट्टराई, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समितिका सयोंजक यामलाल पाण्डेले करिव ३० हजार ३ सय ४४ रुपैया वरावरको आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाले पुनः यामलाल पाण्डेको सयोंजकत्वमा ९ सदस्यिय अपाङ्ग समिति पिडीखोला गाविस चयन गरेको छ । जसको सदस्यहरुमा गुरु प्रसाद भुषाल, गिता भुषाल, वालजित गुरुङ्, चन्द्रकला रेश्मी मगर, विनाकला भण्डारी लगाएत रहेका छन् । समितिको सल्लाहकार सयोंजकमा पिडीखोला गाँउ कार्य सन्चालनका अध्यक्ष खिमराज पौड्याल, सदस्यहरुमा जायश्वर पाण्डे, भिम प्रसाद पौड्याल, तिलक भट्टराई, हिमलाल न्यौपाने, गगांराम वस्याल रहेका छन् ।

कार्यक्रममा पिडीखोला गाविस भित्रका ५१ जना अपाङ्ग व्यक्तिका अभिभावक तथा अपाङ्ग व्यक्तिहरुको सहभागिता रहेको थियो । पिडीखोला अपाङ्ग समितिका अध्यक्ष यामलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेर वहादुर सुगौलीको स्वागत र हरिलाल भुषालको सन्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %