ताङतिङमा फिल्म सेट

Read Time:8 Minute, 6 Second

मनोज घर्तीमगर

प्रकाश गुरुङ ताङतिङको हिमालय प्राविका हेडमास्टर हुन् । प्राध्यापनसँगै उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनलाई आफू नार्माजुङ गाविसको ताङतिङ निवासी हुँ भन्दा गर्वानुभुति हुन्छ । कास्कीको उत्तरी गाउ ताङतिङ वास्तवमै गर्व गर्न लायक छ । किन कि यहाँका विभिन्न व्यक्तिले ताङतिङलाई चिनाएका छन् । सन् १९९७ को ‘मिस नेपाल’ की विजेता बनेकी थिइन् नीलिमा गुरुङ । ‘मिस पोखरा’ को उपाधि जितेलगलगै नीलिमाको शिरले ‘मिस नेपाल’ को ताज पहिरियो । उनको नामसँगै देशविदेशमा एकैपटक निलिमाको जन्मगाउ ताङतिङबारे धेरैले थाह पाए । त्यतिबेलादेखी ताङतिङको नाम चर्चामा छ । ‘नीलिमाले मिस नेपाल प्रतियोगिता जितेपछि गाउको नाम चम्किएको हो’ प्रकाश भन्छन्, ‘यहा जन्मेहुर्केका उनी जस्तै युवायुवतीले कलाको माध्यमबाट हाम्रो गाउलाई चिनाउने काम गरिरहेका छन् ।’

पोखराबाट पाच घन्टाको पैदल दूरीमा पुगिने गाउ ताङतिङलाई पछिल्लो समय गुरुङ फिल्म स्टुडियोको सेट भन्न थालिएको छ । फिल्म छायांकनका लागि उत्कृष्ट ठाउँ भनेर मात्रै यसो भनिएको होइन । वास्तावमै एउटा फिल्म बनाउन चाहिने सम्पूर्ण पूर्वाधार ताङतिङले तयार पारेकाले यसलाई फिल्म स्टुडियो भन्न थालिएको हो । फिल्म निर्माणमा चाहिने नायक, नायिका, निर्माता, निर्देशक, गायक, संगीतकार, प्राविधिक र थुप्रै कलाकार छन् ताङतिङमा । थुप्रै फिल्ममा नायक भइसकेका बेदबहादुर गुरुङ (श्याम) अहिले गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका अध्यक्ष छन् । ‘गोठालो’, ‘हाम्रो गाउघर’,‘लेकाली फूल’, ‘भाउजू बुहारी’, ‘दुलही’,‘पछयौरी’ जस्ता गुरुङ फिल्ममा नायकको भूमिका अभियन गरिसकेका छन् । अर्का नायक भोज गुरुङ, खेम गुरुङ, ओमप्रकाश गुरुङ, केस गुरुङ ताङतिङकै हुन् ।

गुरुङ फिल्मकी नायिका कल्पना गुरुङ, रत्ना गुरुङ समेत ताङतिङकै माटोकी हुन् । उनीहरुले विभिन्न फिल्ममा नायिकाको भूमिका निभाइसकेका छन् । विभिन्न चरित्र अभियनमा जमेका लक्ष्य गुरुङ, कुमारी गुरुङ, हिरा गुरुङ, भूपू सुवेदार जसबहादुर गुरुङ, बलबहादुर गुरुङ पनि ताङतिङकै हुन् । फिल्ममा चाहिने सबै पूर्वाधारले भरिएकाले ताङतिङलाई फिल्म स्टुडियो भनिएको बताउँछन् फिल्मकर्मी भोजबहादुर गुरुङ । उनले फिल्म सुटिङका लागि गाउ उपयुक्त भएकाले सुटिङ हुने क्रम सगै युवाहरु सिनेमा क्षत्रतर्फ आकर्षित हुने क्रम बढेको बताए । ‘अहिले यहाबाट दर्जनाैं कलाकारहरु सिनेमा क्षत्रमा स्थापित भएका छन्’ भोज भन्छन्,‘पर्यटकीय गाउलाई कलाको माध्यमबाट समेत चिनाउने काम यहा“का युवाहरुबाट भएको छ ।’

‘ताङतिङको मेलैमा, सीधै नजर जुधाउने को होला…’ बोलको गीत बनेपछि त यो गाउँ झन् चर्चामा आएको हो । गीतले कास्कीको सीमा छिचोलेर देशविदेश घन्किसकेको छ । टेलिभिजन च्यानलहरुले यो गीतलाई खुब बजाइरहेका छन् । ताङतिङकै तन्नेरी राजेश गुरुङको निर्माण र केशबहादुर गुरुङले निर्देशन गरेको गुरुङ फिल्म ‘रिमे मयुमै सैं’ को गीत हो यो । यो गाउका युवाहले मूलधारका फिल्म पनि बनाएका छन्, तिनमा अभिनय पनि गरेका छन् । ‘मनकी रानी’, ‘मेरो माया’ तिनैमध्येका केही हुन् । आधा दर्जन गुरुङ फिल्मको निर्माण निर्देशन गरिसकेका भोजबहादुर गुरुङले पछिल्लो पटक नेपाली फिल्ममा अभिनयमै देखिए । ‘साहसी’ मा उनी राजेश हमालसग अर्को नायकको रुपमा देखिए । मोडलिङबाट ठूलो पर्दामा आएका उनले राजेशदेखि निरुता सिंहसम्मलाई सुटिङका लागि आफनो गाउमा पु¥याएका थिए ।

ताङतिङ गाउबाट पहिलो पटक कलाकारका रुपमा चिनिएका भने खेम गुरुङ हुन् । उनले सुरुमा ‘पाते’ फिल्ममा अभिनय गरे । अहिलेसम्म दर्जनौं फिल्ममा खेलिसकेका छन् । उनी गुरुङ फिल्मका नाम चलाएका अभिनेतामा पर्छन् । ताङतिङका अधिकांश युवा गुरुङ फिल्मबाटै आफूलाई परिचित गराउने काम गरेका छन् । सबै दृष्टिकोणले उपयुक्त भएकाले यति बेला यही गाउमा भषाभाषीका सिनेमा सुटिङ हुने क्रम बढेको छ । ‘नया“ पुस्ता पनि फिल्म क्षत्रमा आउने क्रम बढिरहेको छ’ निर्माता राजेश गुरुङ भन्छन्,‘यसले ताङतिङलाई फिल्म सेट भन्न थप बल पु¥याएको छ ।’

मुनाल फिल्म प्रालिका भोजबहादुर गुरुङ, अभियान फिल्म प्रालिका श्याम गुरुङ फिल्म निर्माणमा जुटेका छन् । यस्तै अनुशिलन फिल्म तथा म्यूजिक प्रालि पनि छ । भोज गुरुङ, केस गुरुङ, दिलु गुरुङ, सन्तोष गुरुङले छायाङ्कन गर्छन् । गीत गाउनेहरुमा रुपा गुरुङ, बालकासी गुरुङ र जसबहादुर गुरुङ हाजिर छन् । यो बाहेक फिल्म छायाकार र सम्पादन गर्नेहरु पनि छन् । गुरुङ फिल्मलाई चाहिने कलाकार, प्राधिक पक्ष सबै छन् । एउटा फिल्म बनाउने हो ताङतिङका सबै जना जुटे पुग्छ बाहिरका कसैलाई समावेश गर्नु पर्दैन । यस्तो प्रयास भएको छ त ? ‘कहिलेकाँही हाम्रै गाउँका फिल्मकर्मी मिलेर फिल्म बनाउँ भन्ने त हुन्छ । तर, अहिलेसम्म बनाउन सकिएको छैन’ केस गुरुङ भन्छन्,‘तर, गाउँठाउँकै मान्छे मिलेर उतै सुटिङ गरेर बनाउने हो भने फिल्म बन्न सक्छ ।’

थमन गुरुङ नृत्य निर्देशक हुन् । एक दर्जनभन्दा बढी यस्ता व्यक्ति छन्, जो कला क्षत्रमा सक्रिय छन् । कलाकै माध्यमबाट उत्तिकै चर्चित पनि छन् । तिनीहरुकै माध्यमबाट ताङतिङ पनि बेलाबेला राष्ट्रिय चर्चामा आइरहन्छ । विशेष गरि फिल्म क्षेत्रमा यहाँका कलाकारहरु जमेका छन् । सबै दृष्टिकोणले उपयुक्त भएकाले यति बेला यही गाउमा भाषाभाषीका फिल्म सुटिङ हुने क्रम बढेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %