आदिवासी जनजातिहरुको माग पुरा नभए सम्म आन्दोलन जारी

Read Time:2 Minute, 32 Second

गोविन्द घर्ती

देवदह माघ १९ । समानुपातिक निर्वाचन प्राणली संविधानमा सुनिश्चित नभए आदिवासी जनजातिहरुले आन्दोलन नरोक्ने बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले पहिचान सहीतको संघीय लोकतान्त्रिक संविधान विना आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित नहुने भएकोले आन्दोलनको विकल्प नभएको बताएका थिए ।
आदिवासी जनजाति संयुक्त संघर्ष समिति रुपन्देही द्धारा आयोजित बृहत्त जनजागरण भेलामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने आदिवासी अगुवाहरुले आदिवासी जनजातिको आन्दोलनलाई तुहाउन महासंघका अध्यक्ष नगेन्द्र कुमाल र महासचिव पेम्वा भोटेलाई सभासद बनाएको आरोप लगाए । शसक्त आन्दोलन विना आदिवासीको अधिकार स्थापित हुन नसक्ने हुदा निर्णायक आन्दोलनको विकल्प नभएको हुदा सम्पूर्ण आदिवासी जनजातिहरु आन्दोलनमा होमिनु पर्नेमा जोड दिएका थिए ।
संघर्ष समितिका संयोजक तथा जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका दलबहादुर विरकट्टा, तमु छोंज धीका सूर्यलाल तमु, तामाङ्ग घेदुङ्गका वीरबहादुर लामा, भुजेल सेवा समाजका ज्ञानबहादुर भुजेल, थकाली सेवा समितिका शिवप्रसाद शेरचन, थारुकल्याण कारिणी सभाका चन्द्रभान चौधरी, छन्त्याल संघका दलबहादुर छन्त्याल, कुशवाडिया उत्थानका सन्तोष कुशवाडिया, झमबहादुर गुरुङ्ग, पुरन गुरुङ्ग, टेकबहादुर गुरुङ्ग, भिमबहादुर राना, नविन सुनुवार, लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कमल थापाको संचालनमा भएको कार्यक्रममा धनबहादुर गुरुङ्गले कार्यक्रमको वारेमा प्रकाश पारेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %