तीन सयले लियो ज्यान !
देब पचभैया
पाल्पा, माघ १८
गत बिहिबार हत्यागरी फालिएको अवस्थामा तानसेन स्थित जिल्ला अस्पताल निरको झाडिमा भेटिएका सोमादी ८ पाल्पाका २१ बर्षिय अनिल भण्डारीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले शार्वजजिक गरेको छ ।
हत्याका मुख्य योजनाकार नवलपरासी देबगाउ ८ का २० बर्षिय सदाम हुसेन अन्सारी, सहयोगी नवलपरासीमा देबगाउ ४ का १७ बर्षिय मोहरम अनसारी र सदामका आफ्नै भाई सहमान भन्ने सत्तर अनसारीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पत्रकार सम्मेलनको आयोजना गरी शार्बजनिक गरेको हो ।
३ सय लेनदेनको बिषयमा भएको बिबादले हत्याको रुप लिएको प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले बताए ।
गएको पौष २६ गते अनिल र हत्याका मुख्य अभियुक्त सदाम साथीहरु संगै तास खेल्दा ३ सय लेनदेनको बिषयमा झगडा भएको थियो । त्यति बेला अनिलले सदामलाई तीन झापड हानेका थिए । त्यसैको रिस फेर्न उनले अनिललाई मार्ने योजना बनाएका थिए । प्रहरीका अनुसार माघ १२ गते बेलुकी साढे ७ बजेतिर अनिललाई आफ्नो कोठामा तास खेल्न बोलाएर सदामले अनिलको हत्या गरेका हुन् ।
हत्यामा प्रयोग भएको मोटरसाईकलको सकर, मृतकको जुत्ता, ज्याकेट , रगत लागेका रुमाल लगाएतका सामाग्री पनि बरामद गरेर प्रहरीले शावजनिक गरेका छ ।
पत्रकार सम्मेलनमा मुख्य अभियुक्त सदाम हुसेनले आफुले अनिललाई मार्ने योजना बनाएरै हत्या गरेको बताएका छन् ।
अर्का अभियुक्त मोहरम अनसरी र सहमान भन्ने सत्तर अनसारीले पनि सदामले नै अनिललाई मोटरसाईकलको सकरले हानेर हत्या गरेको बताए ।
नवलपरासी घर भई तानसेनका मोटरसाईकल वर्कशप र ग्यारेजमा काम गर्दे आएका
सदाम, सहमान र मोहरम अन्सारीलाई प्रहरीले घरमै गएर पक्राउ गरेको हो । मृतक अनिलको मोबाईल संगै लिएर गएका सदामलाई मोबाईल लोकेशनकै आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको थियो । एउटै कोठामा भाडामा बस्दै आएका उनीहरु संग अनिलको पहिले देखि नै राम्रो चिन जान भएको बुझिएको छ । उनीहरु संग बेलाबेलामा अनिल तास खेल्ने र संगै खानपिन गर्दे आएका थिए । अनिलको १२ गते बेलुकी नै हत्या गरी उनीहरुले शबलाई पाल्पा जिल्ला अस्पताल निरको झाडीमा फालिदिएका थिए । बाया कान काटिएको, दाहिने आखा फुटेको र घाटीमा दाम रहेको अनिलको शब झाडिमा भेटिएको थियो । छोरा हराएको भन्दै अनिलका आमाले १३ गते खोजबिन गर्न प्रहरीलाई निबेदन दिएका थिए । ३ भाई मध्येका जेठा छोरा अनिलका बुवा पनि भारतमा काम गर्ने शिलशिलामा ज्यान गुमाएका थिए । पश्चिम पाल्पाको सोमादी ८ घर भएका अनिलका आमाले तानसेनको लहरेपिलमा चिया पसल चलाउदै आएका छन् । २१ बर्षिय अनिल भण्डारीले कक्षा १२ मा पढेका थिए ।
