१६ बुँदे घोषणापत्र जारी गर्दै मगर विद्यार्थीको भेला सम्पन्न

Read Time:8 Minute, 32 Second

आगामी नवौ राष्ट्रिय महाधिवेशन पुर्वाञ्चलको मोरङमा हुने

देविका घर्ती मगर

  दाङ, माघ १७ – नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय विस्तारित भेला १६ बुँदे घोषणापत्र जारी गर्दै दाङको घोराहीमा शनिबार दाङको सम्पन्न भएको छ ।

शुक्रवारबाट शुरु भएको भेलाले विविध मागहरु समेटिएको १६ बुँदे दाङ्ग घोषणापत्र जारी गर्दै संघको आगामी नवौं राष्ट्रिय महाधिवेशन पुर्वाञ्चलको मोरङ जिल्लामा सम्पन्न गर्ने निर्णय गरेको छ ।
 
“जातीय पहिचान र आत्मनिर्णयको अधिकार सहितको मगरात स्थापनार्थ हाम्रो अडान, नयाँ बन्ने संविधानमा वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणाली र राष्टिूय एकताको पक्षमा हाम्रो अभियान” भन्ने मूल नारासहित शुरु भएको बिस्तारित भेलाले मगर जातिको इतिहास र सभ्यताको सम्बोधन गर्दै पहिचान र सामथ्र्यको आधारमा आत्मनिर्णयको अधिकार सहित मगरात स्वयात्त राज्य निर्माण गर्न, राजनीतिक दलहरुबीच विद्यमान अस्वस्था प्रतिस्पर्धा, असमझदारी, असहमति, बेमेल र बैमनस्यताको वातावरणको तत्काल अन्त्य गरी मुलुकमा शान्ति, स्थिरता कायम गर्दै शान्त, समृद्ध, समुन्नत र विकसित राष्ट्र बनाउन राजनीतिक दलहरुबीच, सहमति, समझदारी र सहकार्यको वातावरण निर्माण गरि समयमै लोकतान्त्रिक गणतान्त्रिक संघीय संविधान जारी गर्न, मातृ भाषामा उच्च तहसम्म पठनपाठनको ग्यारेन्टी सहित विद्यमान शिक्षा प्रणालीको अन्त्य गरी वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणाली तत्काल लागू गर्न, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ संयुक्त राष्ट्र संघ घोषणपत्र र अन्य अन्तर्राष्ट्रिय तहहरुमा भएका नेपाल सरकारले विभिन्न समयमा गरिएको सन्धी सम्झौताहरुको अबिलम्ब कार्यान्वयन गर्न, शिक्षालाई मौलिक अधिकारको रुपमा संविधानतः स्थापित गरी उच्च तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न, महेन्द्र संस्कृत विश्वविद्यालय खारेज गरी बहुभाषिक, बहुसांस्कृतिक चरित्र सहितको स्वायत्त विश्वविद्यालय स्थापना गर्न माग गरेको छ ।

  यस्तै लोकसेवा आयोगमा हाल कायम गरिएको जनजाति कोटा अन्तर्गत लिखित परिक्षामा उत्तिर्ण भएपछि पहिले जनजातिको अन्तवार्तालिने र सबै समावेशी पदमा निश्चित गरिसकेपछिमात्र खुलासेवामा निश्चित गरिने परिपाटिका कारण खुला प्रतियोगितामा नाम निकालेका जनजातिहरुपनि समावेशीमै सिमित रहेका कारण अन्यलाई खुला आरक्षण सुरक्षित भएको छ तसर्थ खुला प्रतियोगितातर्फको सुनिश्चित गरिसकेपछि मात्र समावेशीमा अन्तवार्ता लिएर निश्चित गर्न, लोकसेवा आयोगका पाठ्यक्रम परिवर्तन गरी मगर लगायत आदिवासी जनजातिका भाषा, संस्कृति र पहिचानलाई आधार बनाएर निर्माण गर्न तथा नेपाली भाषाको अनिवार्यतालाई खारेज गरी आ–आफ्नो मातृभाषामा लोकसेवा आयोगको परीक्षा र अदालती प्रयोग गर्न पाउने व्यवस्था गर्न, व्यवसायिक, प्राविधिक  गुणस्तरीय र सिपमूलक शिक्षाका लागि राज्यबाटै राष्ट्रिय नीति निर्माण गर्न, व्यवसायिक रुपमा कृषि शिक्षालाई विकसित तुल्याउन कृषि विश्वविद्यालयको स्थापना गर्न, मगर विद्यार्थीहरुलाई जातीय जनसंख्याको समानुपातिक प्रतिनिधित्वको आधारमा छात्रवृत्ति र शिक्षा क्षेत्रमा विशेष अधिकारको व्यवस्था गर्न, शिक्षाको उद्देश्य प्रष्ट रुपले किटान गरी तदनुरुप शिक्षानीति, योजना र कार्यान्वयन प्रकृयाको तर्जुमा गर्न, जनअधिकार स्थापित गर्ने क्रममा १९३३ फागुन ३ गते गोरखा मनकामनामा विरगति प्राप्त गर्नु भएका प्रथम शहिद लखन थापा मगरलाई अबिलम्ब प्रथम शहिद घोषणा गरी तदनुरुप सम्मान प्रदान गर्न, मगरहरुको परम्परागत चाडहरु, चण्डी पूर्णिमा, भूम्यापूजा र रोङपर्वलाई मगरहरुको राष्ट्रिय पर्व घोषणा गर्न, शिक्षामा भैरहेको नीजिकरण, व्यापारीकरण र व्यवसायीकरणको अन्त्य गर्दै शिक्षा क्षेत्रमा विद्यमान नीजि र सरकारी क्षेत्रको शैक्षिक गुणस्तरमा एकरुपता कायम गर्न र शैक्षिक क्षेत्रमा कायम गरिएको जातीय, भाषिक, सांस्कृतिक, लैङ्गिक, वर्गीय र क्षेत्रीय असमानता र विभेदको तत्काल अन्त्य गर्न राष्ट्रिय विस्तारित भेलाले माग गरेको छ ।

  नेपाल मगर संघका केन्द्रिय सदस्य सावित्रा राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय महासचिव गोम राना मगरले साँगठनिक प्रतिवेदन र कोषाध्यक्ष कोकिल अस्थानी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा बोल्ने बक्ताहरुले  शिक्षाले मानिसलाई आत्मनिर्भर बनाउनुको साटो विदेशी भुमिमा कामदारका रुपमा परिणत गरेको भन्दै वर्तमान शिक्षा प्रणालि नै आमुल परिवर्तनको माग गरेका थिए ।

रोजगारमुलक शिक्षा प्रणालिसहितको नयाँ संविधानको माग गर्दै उनीहरुले बेरोजगार जनशक्ति जन्माएर काम नहुने भएकाले माटो सुहाउदो शिक्षा प्रणालि अहिलेको आवश्यकता भएको बताएका थिए । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दिपा आले मगर, निवर्तमान अध्यक्ष रेणुका काउचा मगर, पुर्व केन्द्रिय सदस्य मानसिँह घर्ती मगर, पुर्व केन्द्रिय सदस्य तथा नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, संघका बरिष्ठ उपाध्यक्ष कमल थापा मगर, केन्द्रिय सदस्य मनिष सुर्य मगर लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रिय सचिव देविका घर्ती मगरले गर्नुभएको थियो ।

भेलामा देशभरका ४५ जिल्लाका २ सय ५० प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मगर विद्यार्थी संघको ९ औ राष्ट्रिय भेलाद्धारा जारी दाङ्ग घोषणापत्र पुरा पढनुहोस ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %