सहमति बाटै संबिधान जारी हुनपर्छ:एमाले नेता पाण्डे

Read Time:2 Minute, 0 Second

देब पचभैया

पाल्पा, माघ १७ – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वार्ता र सहमति बाटै संविधान बनाउनुपर्नेमा जोड दिएका छन  । संविधान निर्माण प्रक्रियामा विपक्षीहरू पनि सहभागी हुनेमा आफू विश्वस्त रहेको भन्दै नेता पाण्डेले बार्तानै सहमतिको अस्त्र भएको बताए ।

प्रेस चौतारी पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्याक्रममा  बिपक्षी मोर्चा संग सहमति गरेर मात्रै संबिधान निर्माण मा लाग्ने बताए ।

पुर्ब अर्थमन्त्री समेत रहेका पाण्डेले निर्वाचन प्रणाली, न्याय प्रणाली र शासकीय स्वरुपका विषयमा सहमति हुदै गएको बताउदै अधिकांश विषयमा सहमति जुटिसकेको दाबी गरे ।
 
संवैधानिक अदालत, मिश्रित निर्वाचन प्रणाली, सुधारिएको संवैधानिक व्यवस्था लगायतका विषयमा लगभग सहमति जुटिसकेको छ, उनले भने, नमिलेका विषयमा छलफल र बार्ता बाट अघि बढ्नु पर्छ ।

संविधान ल्याउनकै लागी एमाओवादीसंग अघिल्लो संविधानसभामा सहकार्य गरेको भन्दै अहिले  कांग्रेससंग नजिक हुनुको अर्थ संविधान ल्याउनकै लागी भएको दाबी गरे । एमाले संविधान बनाउन दृढ भएको भन्दै त्यसमा सबैको साथ आवश्यक रहेकोमा जोड दिए ।

संघीयताका विषयमा अलमलिन नहुने भन्दै नेता पाण्डेले प्रक्रियामा गएर भएपनि ४ महिना ६ दिनमा संविधान ल्याउनुपर्नेमा जोड दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %