श्याम राना मगर ラナ シャム
टोकाई , १७ माघ – शेर्पा संघ टोकाई जापानको आयोजनामा २२ फेब्रुवरी २०१५मा आईचीकेन स्थीत चिरीयु सिटीमा शेर्पा जातिको महान पर्व सिङ मो लुक लो २१४२औं लोसार पर्व मनाउन गईरहेको शेर्पा संघ टोकाई जापानका अध्यक्ष पेम्बा शेर्पाले जानकारी गराएका छन ।
उक्त पर्वमा शेर्पा जातिको परमपरागत विभिन्न नृत्यहरु प्रस्तुत हुनुका साथै परमपरागत चलीआएको विभिन्न परीकारहरु पस्कने तयारी भईरहेको समेत जानकारी प्राप्त भएको छ ।
साथै जापानवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहीनीहरुलाई उक्त पर्वमा हार्दिक निमन्त्रणा गरीएको छ ।
