देब पचभैया
पाल्पा, माघ १६
बिहिबार बेलुकी हत्या गरी फालिएको अवस्थामा भेटिएका २१ बर्षिय अनिल भण्डारीको हत्यामा संलग्न भएको आसंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । नवलपरासी देउगाउ घर भई तानसेनमा वर्कशपमा काम गर्ने २१ बर्षिय सद्धाम अन्सारी, १९ बर्षिय सलमान अन्सारी र २३ बर्षिय महिरम अन्सारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले उनीहरुलाई नवलपरासी बाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले मृतक अनिलको मोबाईल संगै लिएर गाउ पुगेका थिए । सोही मोबाईलको लोकेशनलाई पच्छ्याउदै प्रहरी उनीहरुको गाउमा पुगेको थियो । तानसेनको एक होटलमा कोठा भाडामा लिएर एकै ठाउ बस्दै आएका ३ सलमान संग अनिलको राम्रो चिन जान थियो ।
उनीहरु संग बेलाबेलामा अनिल तास खेल्ने र संगै खानपिन गर्दे आएका थिए । सामान्य लेनदेनको बिषयलाई लिएर अनिलको १२ गते राती कोठामै उनीहरुले हत्या गरेको बुझिएको छ । हत्या पछि उनीहरुले शबलाई जिल्ला अस्पताल निरको झाडीमा फालिदिएका थिए ।
देब्रे कान ताछिएको, आखा फुटेको र मुखमा टोपी कोचिएको अवस्थामा बिहिबार बेलुकी शब भेटिएको थियो । हत्या हुनु अघिल्लो दिन अनिल र सद्धाम बिच झगडा भएको अनिलका परिवाले जानकारी दिएका छन् ।
१३ गते अनिल हराएको भन्दै खोजबिन गर्न उनका आमाले प्रहरीलाई निबेदन दिएका थिए । सादा पोषाकमा खटिएको प्रहरी टोलीले हत्या गरी फलिएको अनिलको शब फेला पारेको थियो । ३ भाई मध्येका जेठा छोरा अनिलका बुवा पनि भारतमा काम गर्ने शिलशिलामा ज्यान गुमाएका थिए । पश्चिम पाल्पाको सोमादी घर भएका अनिलका आमाले तानसेनको लहरेपिलमा चिया पसल चलाउदै आएका छन् ।
घटनाको बारेमा अनुसन्धान भैरहेको र केही दिन पछि घटनाको अर्थाथ जानकारी दिने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख शिब कुमार श्रेष्ठले बताए।
