नेपाल मगर विद्यार्थी संघ राष्ट्रिय भेलाको अन्तिम चरणमा

Read Time:3 Minute, 43 Second

दीपा आले मगर

नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले दाङ्गको घोराहीमा माघ १६ र १७ गते  आयोजना गर्न लागेको राष्ट्रिय विस्तारीत भेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

  संघको राष्ट्रिय विस्तारीत भेलाको उद्घाटनकालागि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले गर्नु हुनेछ ।

दाङ्गको घोराहीमा जातीय पहिचान र आत्मनिर्णयको अधिकारसहितको समृद्ध मगरात स्थापनार्थ हाम्रो अडान, नयॉ बन्ने संविधानमा वैज्ञानिक, व्यवहारिक, संघीय शिक्षा प्रणाली र राष्ट्रिय एकताको पक्षमा हाम्रो अभियान”  भन्ने मूल नाराका साथ राष्ट्रिय भेला – २०७१ सम्पन्न हुन गइरहेको छ ।

भेलामा देशभरका ५०० भन्दा बढी मगर युवा विद्यार्थी प्रतिनिधि र अतिथिहरु यति बेला दाङ्गको घोराही आउने क्रम जारी छ । २०५१ साल फागुन २७ गते दाङ्गको घोराहीमा स्थापना भएको नेपाल मगर विद्यार्थी संघ फेरी सोही स्थानमा राष्ट्रिय भेला गर्न गइरहेको छ ।

दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा संघको महाधिवेशन नहुने हरेक वर्ष संघको मातहतमा रहेका मावि समिति, उच्च मावि समिति, क्याम्पस समिति, विश्वविद्यालय समिति, जिल्ला समिति, अञ्चल समिति, केन्द्रीय विभागका प्रतिनिधिहरू, केन्द्रीय समितिका पदाधिकारीहरू एवं सदस्यहरूको प्रतिनिधित्व रहने राष्ट्रिय विस्तारित भेलाले विधानतः बितेको एक वर्षे कार्यकालको समीक्षा र आगामी एक वर्षका लागि नयॉ कार्यनीति, कार्यक्रम र कार्ययोजना विस्तृत रूपमा तय गर्दै त्यसको सफल कार्यान्वयनका लागि आवश्यक रणनीतिहरू तयारी गर्नु भेलाको मुख्य उद्देश्य रहेको छ ।

अहिले नयॉ संविधान निर्माणका सवालमा विशेषगरी, मगरलगायत आदिवासी जनजातिहरूको पहिचान र अधिकारसहितको नयॉ संविधान संस्थागत गर्न अप्ठ्यारो बिषम परिस्थितिमा सचेत मगर विद्यार्थीहरूको साझा संगठन नेपाल मगर विद्यार्थी संघले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भन्ने सबैको दृढ चाहना भएकै कारण हाम्रो अधिकार सुनिश्चित गर्नका निमित्त यत्रतत्र छरिएर रहेका सबै मगर विद्यार्थीहरूलाई ऐक्यबद्धता गराई प्रगतिशील संविधान जारी गर्नका निमित्त सचेत पहलकदमी गर्न रणनीतिक योजनाहरू पनि भेलाले नै तय गर्नेछ ।

१६ र १७  गते हुने राष्ट्रिय विस्तारीत भेला विहान १० बजे र्याली सुरु भई कर्मचारी मिलन केन्द्रमा उद्घाटन कार्यक्रम सुरु हुनेछ । बन्द सत्र पनि कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %