देब पचभैया
पाल्पा, माघ १५
पाल्पामा एक युवकको शब भेटिएको छ । सदरमुकाम तानसेन नजिकै जिल्ला अस्पताल निर आज बेलुकी सोमादी पाल्पाका अनिल भण्डारीको शब भेटिएको हो ।
शरिरका बिभिन्न भागमा धारिलो हतियार प्रहार गरेको भेटिएकाले हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
माघ १२ गते देखी परिवाको सम्पर्कमा नआएपछि भण्डारीका परिवारे खोजबिन गरिदिन प्रहरीलाई आग्रह गरेका थिए । उनको परिवार तानसेनमा होटल ब्यवशाय गर्देआएका छन् ।
घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले बताए ।
