राजमुपाको सृजनशिल रजत वर्षमा कस्ले के भने?

प्रस्तुती: सनु थापा मगर

  राष्ट्रिय जनमुक्ति पार्टी २०७१ माघ ५ गतेबाट २५ औँ वर्षमा प्रवेश गरेको छ । पार्टीले २५ वर्ष प्रवेश गरेको अवसरमा केन्द्र देखि  स्थानीय तह एवम विदेश शाखाहरुमा ‘रजत वर्ष सृजनशिल अभियान’ को रुपमा मनाउने निर्णय गरेको छ । यसै सन्दर्भ , पार्टी र समसामयिक राजनीतिक विषयहरुमा रहेर पार्टीको विभिन्न नेताहरुबाट प्राप्त विचारहरुको सम्पादीत अंश ।

 

भिमबहादुर राना : केन्द्रीय अध्यक्ष , राष्ट्रिय भु.पु. सैनिक संगठन

राष्ट्रिय जनमुक्ति पार्टीको स्थापना कालदेखीको स्वायत्तताका कुराहरु देखी धर्मनिरपेक्षता र संघीयताका विषयमा हिजोको दिनमा अहीले ठुला पार्टी भन्नेहरुले यो हुदैन यस्तो संभव छैन भन्ने गर्थे तर आज यही विषय र मुद्दामा ठुला देखी साना सबै दलहरु फर्केर आउनु परेको छ । पहिचानको कुरो यो जातिय होइन यो एतिहासिकता संग जोडीएको छ ।

हिजोको मगरातमा सबै जातहरु मिलेर बसेका थिए । मगरात इतिहाँस र भुगोलसंग जोडीएको छ । यो पुरानो पहिचान हो , यो जातियता होइन । संघीयता सुविधा हो । यो भित्र जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गर्ने अवधारणा हो । यो भित्र सबै अटाउन सक्छ ।  जहाँ सम्म भु.पु.हरुको सवाल छ , नेपालमा हाल करीब ३-४ लाखको संख्यामा विभिन्न भु.पु.हरु हुनुहुन्छ । राज्यले उहाँहरुको लागि कुनै किसिमको नीति ल्याएको छैन । उनीहरुलाई पेन्सन देखी लिएर विभिन्न कुराहरुमा समस्याहरु पर्दा सुनुवाई गर्ने केही संरचना छैन ।

त्यसैले गर्दा लाखौ भु.पु.का परिवारहरु अझै पनि पेन्सन देखि लिएर विभिन्न सेवा सुविधाबाट वञ्चित छन् । अमेरीकामा छुट्टै भु.पु. मन्त्रालय भएजस्तै यि कुराहरुको संबोधन गर्नको लागि नेपालमा पनि भु.पु. मन्त्रालयको स्थापना गर्नु पर्ने हाम्रो माग रहेको छ । अहीले ठुला दलहरु संविधान दिने पक्षमा छैनन् ।  जस्ले गर्दा अब सबैसंग मिलेर पहिचान सहितको संघीयताको लागि आन्दोलन्लाई बृहत रुपमा लैजानु पर्छ ।

शंकर गाहा : के. कोषध्यक्ष , राष्ट्रिय युवा मोर्चा

राष्ट्रिय जनमुक्ति पार्टीले विगत २५ वर्षदेखि शान्तिपुर्ण रुपमा बहुजातिय समाजबादको लागि लड्दै आइरहेको छ । र अहीले पनि यो हाम्रो संघर्ष जारी छ र जारी रहनेछ । यस भित्रकै अहीलेको एउटा पाटो पहिचान सहितको संघीय संविधानको लागि शान्ति पुर्णरुपमा लडीरहेका छौ । तर अहिलेको कांग्रेस , एमाले लगायतका पहिचान विरोधी दलहरुले एकाधिकारवाद लादीरहेका छन् यो कुराको अन्त्य हुनुपर्छ यस्तो प्रवित्तिले देशमा जनताहरुलाई अधिकारबाट वञ्चित गराइदैछ । राष्ट्रिय जनमुक्ति पार्टी बहुजातिय समाजबादको पक्षमा सधै लडीरहने छ ।

अशोक पुन : संघीय परिषद् सदस्य तथा लुम्बिनी इन्चार्ज

प्रस्तावित लुम्विनी प्रदेशको जुन माग छ यो यथावत नै छ र अरु राज्य पुनर्सरचनाको नामहरु अबध लगायत अरु नामहरु भन्दा लुम्विनी प्रदेश सबैको लागि विभिन्न दृष्टिकोणबाट सर्बमान्य छ त्यसैले गर्दा अबको राज्य संरचनामा  प्रस्तावित लुम्विनी राज्यपरिषद नितान्त आवश्यक र विवाद रहित छ ।

अहीलेको संविधान सभामा सभाध्यक्षले जुन खालको तटस्थता भंग गर्यो यो नितान्त देशको हितमा छैन नेताहरुले यस्ता खालको गतिविधीले सर्बमान्य संविधान आउन रोकेको छ । यो तर्फ सिङ्गो पार्टी र कार्यकताहरुले चनाखो भएर लाग्ने बेला आएको छ । यो गम्भिर परिस्थितीमा पार्टीको भुमिका सशक्त हुन जरुरी भएको छ  ।

झमबहादुर गुरुङ : अध्यक्ष , राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति ,रुपन्देही

अहिलेको देशकाल परिस्थिति अनुसार देश संक्रमणकालबाट गुज्रिरहेको छ । पहिचान सहीतको संघीय संविधानको लागि हाम्रो आन्दोलन जारी नै छ । खेलाडीहरुले गोल गर्नु पर्नेमा रेफ्री आफैले गोल हान्ने काम भएको छ । यसको लागि हामी सशक्तरुपमा लागीरहेका छौ , लाग्ने छौँ । पार्टी राष्ट्र निर्माण र सम्पुर्ण नेपाली जनताको हितका लागि सधै प्रयत्नशील रहनेछ ।

डि.बी. थापा : अध्यक्ष ,राष्ट्रिय युवामोर्चा जिल्ला समिति ,रुपन्देही

सुरुका दिनहरुमा पार्टीको मुद्दा संघीयता, धर्मनिरपेक्षता लगाएतका विषयमा पार्टी स्ट्रङ्गली जान नसके पनि आजको दिनमा यसको नैतिक विजय भएको छ । अरु पार्टीहरुले युवाहरुलाई प्रयोग मात्र गरेको छ । तर राष्ट्रिय जनमुक्ति पार्टीले युवाहरुको हकमा युवाको लागि रोजगार र बेराजगार युवाहरुलाई बेरोजगार भत्ताको व्यबस्था हुनुपर्छ भन्ने हाम्रो नीति हो ।अहिले ४७ सालको संविधान व्युँताउन खोजिरहेको छ नयाँ सामन्तहरु जन्मिरहेका छन् । यो बेलामा हामीहरुले युवा दस्ता बनाएर दवाव दिने तयारीमा छौँ ।  यो मुद्दालाई सफल पार्नको लागि सबै युवा साथिहरुलाई अपिल गर्न चाहान्छु ।

नरसिङ काउचा मगर : अध्यक्ष , राष्ट्रिय भु.पु. सैनिक संगठन जिल्ला कार्य समिति, रुपन्देही

राष्ट्रिय जनमुक्ति पार्टी जिन्दावाद । पार्टीको यस २५ औँ स्थापना दिवसको अवसरमा पार्टीले मनाउन गैरहेको कार्यक्रममा सम्पुर्ण सबैलाई उपस्थितिको लागि हार्दीक अनुरोध गर्न चाहान्छु । पार्टीका नेता तथा कार्यकर्ता शुभचिन्तकहरुमा जागरका साथ अगाडी बढ्ने होसला थप्ने काम यसले गरोस भन्न  चाहानछु । हर्षोल्लासका साथमा यो स्थापना दिवस सफल पार्नको लागि सबैमा अपिल गर्न चाहान्छु ।

बिमला गुरुङ: अध्यक्ष , राष्ट्रिय महिलामोर्चा जिल्ला समिति ,रुपन्देही

संविधान नै अन्योलमा छ । सबै तह र तप्कामा समानुपातीक प्रतिनिधित्व र पहिचान सहितको संघीय संविधानको विषयमा  जुन मुद्दा छ , यसमा पार्टी  अझै पनि  दृढ छ र यो मुद्दामा हामी शान्तिपुर्ण रुपमा लागिरहेका छौ तर यदी शान्तिपुर्ण रुपमा पनि यसको सुनुवाई भएन भने सडक देखी आन्दोलन गरेर हुन्छकी अथवा अरु कुनै उपायबाट यसको लागि संघर्षरत रहनेछौँ , रहनुपर्छ भन्ने मेरो मान्यता छ । यदी शान्तिपुर्ण रुपमा मानीदैन भने अब आगोको रुप पनि धारण गर्ने छौँ । यसको लागि संपुर्ण जनताहरुले हातमा हात मिलाएर अगाडी बढ्न अनुरोध गर्छु ।

ज्ञानबहादुर थापा मगर : अध्यक्ष संघीय एक्सप्रेस अर्धसाप्ताहीक , बुटवल

राष्ट्रिय जनमुक्ति पार्टीको यो गौरबमय इतिहासमा यो २५ औँ स्थापना दिवसलाई  जसरी रचनात्मक ढङ्गले मनाउने जुन निर्णय गरीएको छ यसले एउटा नयाँ प्रयोगको थालनी देखाएको छ । जुन आफैमा सिर्जशिल छ । पार्टीको मुद्दामा कहील्यै पनि विचलन नभएर अगाडीको कार्यदिशा तर्फ अझ सशक्त डङ्गबाट पार्टी अगाडी बढ्नु पर्ने अवस्था देखिन्छ ।

सांगठनीक देखी लिएर जन परिचालनको विषयमा पार्टी अझै चनाखो हुनुपर्ने देखिन्छ । संचारमाध्यमको सहकार्यको लागि सधै तयार रहेको पनि जानकारी गराउन चाहान्छु । पार्टीका मुद्दाहरुले बिस्तारै मुर्तरुप लिदै गइरहेको समयमा  अधिक्तम रुपमा संचार माध्यमको फाईदा लिएर अगाडी बढ्ने समय भएको छ ।