महिला मुक्तिका लागि निर्णायक संघर्ष आवश्यकः प्रभा

Read Time:3 Minute, 52 Second

रूद्र श्रीसमगर

पोखरा, १३ माघ

नेकपा–माओवादीनिकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कास्कीको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा लक्ष्मी अधिकारी सर्वसम्मत निर्वाचित भएकी छिन ।

मगलबार पोखरा–१०, रामघाटस्थित पञ्चकोशी आर्थरडाँडाखर्क समाजको सभाहलमा सम्पन्न दोस्रो जिल्ला भेलाबाट उपाध्यक्षमा सीता गुरुङ, सचिवमा शर्मिला अधिकारी, सह–सचिवमा गीता पौडेल र कोषाध्यक्षमा रविना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकोहो ।

त्यसैगरी, २३ सदस्यीय जिल्ला समितिका सदस्यहरूमा ६ जना पछि थप्ने गरी रिना शाही, कोपिला बुढामगर, श्रृजना श्रेष्ठ, सीता वाग्ले, आशिका थापा, सुष्मा सारूमगर, जुलेखा खातुन, लक्ष्मी नेपाली, आशा सुवेदी, सरस्वती तामाङ, ज्ञानु श्रेष्ठ र कमला गुरुङ रहेका छन ।

यसअघि, भेलाको उद्घाटन गर्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी यशोदा सुवेदी ‘प्रभा’ले महिला मुक्तिका लागि निर्णायक संघर्षमा उत्रन आह्वान गरेकी छिन ।

लैगिक उत्पीडनका विरुद्ध आफ्नो पार्टी सधैं उभिने दाबी गर्दै नेतृ प्रभाले महिलाहरूलाई सचेत र सगठित भइ राजनीतिमा आउन आग्रह गरीन । ‘राजनीतिले नै महिला मुक्तिको ढोका खोल्छ’, प्रभाले भनिन, ‘जाली, फटाहा र शोषकहरूका विरुद्ध सम्पूर्ण उत्पीडित महिलाहरू सगठित भइ निर्णायक संघर्षमा उत्रिन आवश्यक छ ।’

अर्का केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’ले महिला मुक्तिका लागि सबैभन्दा पहिले दिमागी दासता तोड्नुपर्ने बताए । लैगिक समानता र अधिकारका लागि महिलाहरू एकजुट भइ लड्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

भेलामा अनेमसङ्घ (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं तमुवान राज्य संयोजक सुशीला थापा ‘रेणु’, नेकपा–माओवादी कास्की क्षेत्र नं. २ का संयोजक अशोक छन्त्याल ‘अर्जुन’, क्षेत्र नं. ३ का संयोजक राजकुमार सुवेदी ‘राजन’, क्षेत्र नं. ४ का संयोजक सूर्य खड्का ‘आलोक’, तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी) कास्कीका संयोजक सन्देश तमु, मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा कास्कीका अध्यक्ष मुमताज अलि मियाँ, राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीका अध्यक्ष नवीन गुरुङ, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घ कास्कीका सचिव सुरेश थापा ‘समीर’, क्रान्तिकारी पत्रकार महासङ्घ कास्कीका सचिव रूद्रबहादुर श्रीसलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको भेलाको सञ्चालन गीता पौडेलले गरेकी थिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %