देब पचभैया
पाल्पा, माघ १३ – विद्युत हुकिङ्ग गरेको भेटिएपछि नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले एक जनालाई पक्राउ गरी जरिवाना असुलेर छाडेको छ । पैसा नतिर्नेको लाईन काटिएको छ ।
तानसेन नगरपालीका १२, धरमपानीकी राधादेवी पाण्डेय लाई पक्राउ गरी पाँच हजार तीन सय जरिवाना असुल गरेर आगामी दिनमा चोरी नगर्ने सर्तमा छाडिएको वितरण केन्द्रका प्रमुख ई.नवलकिशोर गोइतले जानकारी दिए ।
विद्युत चुहावट नियन्त्रण गर्ने र बक्यौता नतिर्ने ग्राहकको लाईन काट्ने अभियानमा लागेको प्राधिकरणले दुई दिनमा मात्रै १४ जना ग्राहकको लाइन काटिको छ भने लाइन काटिसकेको ग्राहकबाट ६८ हजार ६ सय १२ रुपैयाँ राजश्व संकलन गरेको छ ।
धरमपानी क्षेत्र बाट एक थान मोटर र तीन सय मिटर फ्लेक्सिवल तार बरामद गरेको प्राधिकरणले जानकारी दिएको छ ।
