गोविन्द घर्ती
देवदह माघ ११ – सामुदायिक वनको काम कार्यवाही उद्धेश्यमुलक हुनु पर्ने जिल्ला वन कार्यालय रुपन्देहीका वन अधिकृत ईन्द्रबहादुर पछाईले बताउका छन । गाउँ वन समन्वय सञ्जाल देवदहको दोश्रो साधारणसभाको क्रममा देवदहमा भएको कार्यक्रममा वोल्दै जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत पछाईले वन क्षेत्रको योजना प्रष्ट रहे पनि कार्यान्वयनमा कहिले काहीँ कमजोरी हुने गरेको स्पष्ट पारेका थिए ।
रुपन्देहीका सामुदायिक वनहरु मध्ये देवदह क्षेत्रका वनहरुको कृयाशिलता प्रभावकारी रहेको बताउँदै पछाईले वन क्षेत्र वाहिरका नागरिकले पनि वन पैदावरको उपभोग गर्न पाउने अधिकार भएकाले सवैको नैसर्गिक अधिकारलाई सम्मान गर्न सामुदायिक वनहरु तैयार हुनु पर्नेमा जोड दिए । सामुदायिक वनका विधान तथा कार्ययोजना परिवर्तनशिल हुने भएकोले त्यसको मर्म र भावनालाई सवैले आत्मसाथ गर्नु पर्ने पछाईले बताए ।
सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, रिम्स नेपालका ममीता पुन, नेकोसका बद्रि विक्रम सुवेदी, नेपाली काग्रेसका दुगाबहादुर राना, एमाओवादीका कृष्ण ढकाल, नेकपा माओवादीका ऋषिराम लामिछाने, राप्रपाका ऋषिराम रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वरबहादुर थापा, रेडियो देवदहका यम राना लगातयले बोलेका थिए ।
त्यसैगरी बुद्धनगर सामुदायिक वनका रमेश काफले, अल्की सामुदायिक वनका वावुराम गिरी, शिवालय सामुदायिक वनका टिकाराम भूषाल, चेतना सामुदायिक वनका जोखनी थारु, प्रगति सामुदायिक वनका डिल्लीराज पन्थ लगातयले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सञ्जालका उपाध्यक्ष तेजबहादुर कुवरको स्वागत र सचिव चमकान्त गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
