विनोद रखाली मगर
माघ १२, गल्याङ् – लायन्स क्लव अफ पोखरा फेवा सिटीको आयोजनामा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग र भूयाँर जनकल्याण युवा क्वल कारीकोटको विशेष व्यवस्थापनमा निःशुल्क आँखा शिविर चण्डीभञ्ज्याङ वार्ड २ ठाटीभज्ञ्याङमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गदै राष्ट्रिय जनमुक्ति पार्टी स्याङ्जा जिल्ला सचिव बमबहादुर लामिछाने मगरले सामाजिक सेवालाई लायन्स क्लव अफ पोखरा फेवा सिटीले जिल्लाको विकट क्षेत्र चण्डीभञ्ज्याङ गाविसमा मोतीया विन्दु लागेका विरामीहरुलाई निशुल्क सेवा प्रदान गरेकोमा लायन्स क्लवलाई धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा चण्डीभञ्ज्याङ गाविसका पूर्व अध्यक्ष कृष्णबहादुर लामिछाने मगर , लायन्स क्लव अफ पोखरा फेवा सिटीका चार्ट प्रेसिडेण्ट एक नारायण शर्मा, भूयाँर जनकल्याण युवा क्वल कारीकोटका अध्यक्ष श्रीप्रसाद गाहा मगर लगाएतले लायन्स क्लव लाई ग्रामिण क्षेत्रमा आएर सेवा प्रदान गरेकोमा प्रसंशा समेत गरेका थिए ।
शिविरमा ५०० जना विभिन्न आखाँका विरामीहरुले निःशुल्क औषधी तथा चस्मा वितरण गरिएको र २५ जना मोतिया विन्दुका विरामीलाई पोखरा हिमालय आँखा अस्पतालमा लगि निःशुल्क अप्रेशन, यातायात सुविधा समेत गर्ने लायन्स क्लव अफ पोखरा फेवा सिटीका अध्यक्ष बाबुराम अधिकारीले जानकारी गराएका थिए । शिविरमा गण्डकी हस्पीटलका डा.गोविन्द गुरुङ को संयोजकत्व तथा अन्य सहयोगीहरुको उपस्थितीमा शिविर सम्पन्न भएको थियो ।
लायन्स क्लव अफ पोखरा फेवा सिटी का अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको शिविरको संचालन लायन्स पदम बन्दु पोखरेलले गरेको कार्यक्रमको धन्यवाद मन्तव्य शिविरका संयोजक डा.गोविन्द गुरुङ गरेका थिए ।
