विनोद रखाली मगर
माघ ११, गल्याङ्ने – पाल मगर युवा संघ इकाई समिति गल्याङ्को छैटौँ अधिवेशनले कृष्ण कामु मगरको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा राम थापा मगर , सचिवमा सोनम सारु मगर , सह सचिवमा पवन राना मगर , कोषाध्यक्षमा नारायण गाहा मगर , सह कोषाध्यक्षमा पुनम थापा मगर रहेका छन् ।
समितिको अन्य सदस्यहरुमा हेम राना मगर , चित्रमान राना मगर , दिपा राना मगर , वविता सिङ्जाली मगर लगाएत रहेका छन् । संघका अध्यक्ष डोलु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ निर्वाचित कार्य समितिलाई नेपाल मगर संघ गल्याङ् इकाई समितिका अध्यक्ष जैसीङ् राना मगरले शुभकामना व्यक्त गरेका थिए ।
