देब पचभैया
पाल्पा, माघ ११
फागुन १ देखि १० गतेसम्म तानसेनमा पाल्पा महोत्सब हुने भएको छ । मेला आयोजक पाल्पा उद्योग वाणिज्य संघको आईतबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी तीव्र पारिएको जानकारी दिएको हो ।
३ सय भन्दा बढी स्टल रहने मेलाको ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड वरावरको कारोवार हुने संघका अध्यक्ष राजु मर्हजनले जानकारी दिए । महोत्सवमा स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी तथा विक्रि वितरणका स्टल, पाल्पाका कृषि तथा वनजन्य उत्पादनको छुट्टै प्याभिलियन, एक गाउँ एक उत्पादन ओभिओपी अदुवा कार्यक्रमको छुट्टै प्याभिलियन हुने छ ।
जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवा पुग्नुका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहाँसिक र साँस्कृतिक पहिचानलाई अझ बढी प्रचार गरी आन्तरिक पर्यटक अभिवृद्धि गर्दे महोत्सव सफल हुने संघका महासचिब भिमसेन कार्कीले बताए ।
मेलामा स्थानीय खानाका परिकार संगै राष्ट्रिय तथा स्थानीय कलाकाहरुको दैनिक प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । सानो चिडिया घर, माछा पालन, पानी घट्टा, च्याउ खेतीको नमुना प्रदर्शनी मेलाका आकर्षक बन्ने छन् । चौरी गाई समेत हेर्न अवसर मिल्ने छ । अपांग र बृद्ध बृद्धाहरुलाई निशुल्क प्रबेश मिलाइएको मेलामा प्रबेश दर ४० रुपयाँ भएपनि बिधार्थीहरुलाई २५ रुपैया तोकिएको । मेला बाट भएको बचत लाई संघको वहुृद्देश्यिय भवन निर्माण र पर्यटकिय क्षेत्रको विकासको लागी खर्च गरिने संघका महासचिव कार्कीले जानकारी दिए । नवौ सस्करणको रुपमा पाल्पामा महोत्सब हुन लागेको हो ।
